दिल्ली एम्स अस्पतालका वरिष्ठ डा. पाण्डेको कोरोना भाइरसका कारण मृत्यु
भारत, ११ जेठ । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का वरिष्ठ डा.जितेन्द्र नाथ पाण्डको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
एम्स अस्पतालको पल्मोनोलोजी विभागका प्रमुख डा. पाण्डेको ७८ वर्षको उमेरमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
डा.पाण्डे कोरोना संक्रमितको उपचारमा खटिएको र उपचारकै क्रममा उनमा कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ । मंगलवार कोरोना संक्रमण पुष्टि भएको उनको अवस्था गम्भरी थियो ।
एम्सका निर्देशक डा रन्दीप गुलेरियाले डा. पाण्डे र उनको श्रीमति दुबै जनालाई कोरोना संक्रमण भएको बताए । डा.गुलेरियाले डा. पाण्डेको स्वास्थ्य सुधारोन्मुख भएपनि उनलाई कार्डिएक अट्याक भएको र त्यसपछि उनको मृत्यु भएको बताएका छन् ।
यसअघि पनि एम्स अस्पतालका अन्य कर्मचारी, अस्पताल परिसरमा खटिएका सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको र कतिपयलाई क्वारेन्टाइनमा राखिएको छ ।
दिल्ली भारतको दोस्रो कोरोना प्रभावित शहर हो जहाँ कोरोनाका कारण हालसम्म १२ हजारभन्दा बढी संक्रमित भएका छन् भने २ सयभन्दा बढीको मृत्यु भएको छ ।