पाँच करोड भन्दा बढी भारतीय नागरिकमा हात धुने सुविधा छैन : अध्ययन



Download our app to get more features

एजेन्सी, ८ जेठ । पाँच करोड भन्दा बढी भारतीय नागरिक ठिक तरीकाले हात धुन सक्ने अवस्थामा अझै छैनन् । जसका कारण उनीहरु मात्रै होइनन उनीहरुको सम्पर्कमा आउनेहरु पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् ।

अमेरिकाको वाशिंगटन विश्वविद्यालयको इन्स्टिच्यूट अफ हेल्थ म्याट्रिक्स एण्ड इभ्यालुसन (आईएचएमइ) को अनुशन्धानकर्ताहरुका अनुसार भारतमा मात्रै होइन निम्न र मध्यमस्तरको आम्दानी भएका देशहरुका करिब दुई अरब भन्दा बढी मानिसमा साबुन पानीको उपलब्धता छैन । यसकारण धनी देशमा भन्दा यस्ता देशमा कोरोना भाइरस संक्रमण अझै जोखिमपूर्ण हुनसक्ने उनीहरुको आकलन छ । यो संख्या विश्वको एक चौथाइ हो । 

उक्त अध्ययनअनुसार विश्वका ४६ देशका आधा भन्दा बढी बासिन्दामा साबुन पानीको पहुच र उपलब्धता छैन । यस्तै पाकिस्तान, चीन, बंगलादेश, नाइजेरिया, इथियोपिया, कंगो र इन्डोनेशियमा पनि पाँच करोड भन्दा बढी व्यक्तिमा हात धुने सुविधा छैन । अध्ययनमा सहभागी मध्ये एक ब्राउनले भनेका छन्, ‘स्यानिटाइजर जस्ता सामाग्रीको अस्थाइ व्यवस्था छ । तर कोरोना भाइरस (कोभिड–१९) बाट बच्न यस्ता अस्थायी सामाग्रीले हुँदैन । दीर्घकालिन योजना अवश्यक छ ।’ राम्रोसँग हात नधोएकै कारण यी देशमा हरेक वर्ष सात लाख भन्दा बढीको मृत्यु हुन्छ ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts