भारतमा एकै दिन ५६ सय जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

एजेन्सी, ७ जेठ । भारतमा एकै दिन ५६ सय जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। भारतमा कोरोना देखिय यताकै यो दैनिक पुष्टि भएको सर्वाधिक हो । योसहित भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ६ हजार नाघेको छ । 

भारतमा एशियामै सर्वाधिक कोरोना संक्रमित पुष्टि भएको छ। मंगलबार अघिल्लो दिनको तथ्याङ्क आएपछि भारतले सङ्क्रमितको सङ्ख्यामा चीनलाई पनि उछिनेको थियो। भारतको स्वास्थ्य मन्त्रालयका पछिल्लो २४ घण्टामा ५६ सय ११ जनामा कोरोना भाइरस पुष्टि भएको जनाएको छ। अब कुल सङ्क्रमितको सङ्ख्या १,०६,७५० पुगेको छ। अहिले भारतमा ६१ हजार भन्दा बढीमा सक्रिय सङ्क्रमण छ। पछिल्ले २४ घण्टामा भारतमा १४० जनाको कोरोना भाइरसका कारण मृत्यु भएपछि मृतकको कुल सङ्ख्या ३३ सय ती पुगेको छ। अहिलेसम्म झन्डै ४२ हजार निको भएको बताइएको छ।

भारतमा आठ सातादेखि लकडाउन  छ । सरकारले हिँडडुल र व्यापार तथा व्यवसायमा लगाइएको प्रतिबन्ध बिस्तारै खुकुलो पार्न थालेको बेलामा सङ्क्रमणको दर बढेको देखिएको छ। भारतमा अझै कोरोना भाइरस महामारी उत्कर्षमा पुग्न बाँकी भएको विज्ञहरूको चेतावनी छ । उनीहरुका अनुसार भारतमा सङ्क्रमण जुन÷जुलाईमा उत्कर्षमा पुग्नेछ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts