कोभिड–१९ महामारीको विषयमा अन्तर्राष्ट्रिय जाँच हुने
यस्तो छ विश्वका केही गतिविधि
काठमाडौं, ७ जेठ । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोभिड-१९ का कारण भारतमा संक्रमितको संख्या एक लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक लाख ६ हजारभन्दा बढी छ भने मृत्यु हुनेको संख्या ३ हजार ३ सय नाघेको छ । दक्षिण एसियाली मुलुक भारत कोरोना भाइरसका कारण चीनभन्दा पनि बढी प्रभावित बनेको छ । चीनमा कोरोनाका कराण ८२ हजार मात्रै सत्रंmमित थिए भने भारतले त्यो संख्या पार गरिसकेको छ ।
विश्वकै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९३ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९३ हजार ५ सय ३३ पुगेको छ । यस्तै संक्रमित हुनेको संख्या १५ लाख ७० हजार ५ सय ८३ पुगेको छ ।
ल्याटिन अमेरिकन मुलुक ब्राजिलमा अहिलेसम्मकै धेरै मानिसको कोरोना भाइरसका कारण मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ब्राजिलमा कोरोना भाइरसका कारण ११ सय ७९ जनाको मृत्यु भएको छ । यसअघि मे १२ मा ८ सय ८१ जनाको मृत्यु भएको थियो । योसँगै ब्राजिलमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७ हजार ९ सय ७३ पुगेको छ । ब्राजिल स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ८ सय ८५ पुगेको छ ।
कोभिड–१९ महामारीको विषयमा अन्तर्राष्ट्रिय जाँच हुने भएको छ । विश्व स्वास्थ्य संगठनको ७३ औं स्वास्थ्य सभामा कोरोना भाइरसको सुरुवात कहाँ भयो, त्यसको व्यवस्थापन कसरी गरियो जस्ता प्रश्नको विषयमा अन्तर्राष्टिय जाँचका लागि माग गरिएको थियो । जसका लागि सभामा प्रस्ताव पनि प्रस्तुत गरिएकोमा त्यो जाँचका लागि समर्थन गरिएको छ । विश्व स्वास्थ्य संगठनको मन्त्री स्तरीय वार्षिक बैठकमा समर्थन भेटेपछि अब कोरोनाको विषयमा अन्तर्राष्ट्यि जाँच गरिनेछ । यूरोपीय संघका एक सयभन्दा बढी मुलुको तर्फबाट जाँचको लागि प्रस्ताव गरिएको थियो । जसमा अस्ट्रेलिया, चीन र जापान पनि सहभागि थिए । विश्व स्वास्थ्य संगठनका २ सय ९४ मुलुक सदस्य छन् र त्यसमा कुनैपनि मुलुकले त्यसको विरोध गरेनन् ।
यता, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधोनाम घेब्रिएसिसले महामारी विरुद्ध विश्वभरको प्रतिक्रियाको आँकलन गर्नु आवश्यक रहेको बताएका छन् । उनले संगठन एक्लैले यो काम सम्भवन नभकाले संगठनले के गरिरहेको छ भन्ने मात्रै आँकलन गर्नु उचित नभएको बताए ।
अफगानिस्तानमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण हालसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ सय नमूना परीक्षण गरिएकोमा ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ ।
अफगानिस्तानमा योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सय ७८ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सयभन्दा बढी संक्रमित भएका छन् ।
विश्वकै दोस्रो कोरोना प्रभावित मुलुुक बेलायतमा कोरोनाका कारण पछिल्लो २४ घन्टामा ५ सय ४५ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ हजार ३ सय ४१ नाघेको छ । यस्तै कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ४८ हजार नाघेको छ ।
अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार कोरोना महामारीका कारण विश्वभर संक्रमित हुनेको संख्या ४९ लाख ८६ हजार नाघेको छ । हालसम्म कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख २४ हजार नाघेको छ । यस्तै संक्रमित भएकामध्ये झन्डै १९ लाख ५८ हजारभन्दा बढी स्वस्थ भएका छन् ।