अपडेट

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, ५ जेठ । भारतमा हालसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार २ सय ४२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । जुन हालसम्मकै उच्च संक्रमित संख्या हो । योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ हजार १ सय ६९ पुगेको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घन्टामा १ सय ५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार २९ पुगेको छ । भारतमा कोरोना संक्रमित भएकामध्ये ३६ हजार ८ सय २३ जना स्वस्थ भएका छन् । 

एसियाली मुलुक भारत पछिल्लो समय कोरोना भाइरसको केन्द्रबिन्दु बनेको छ । जहाँ चीनको भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । जसलाई ध्यान दिएर भारत सरकारले आजराति १२ बजेबाट लागू हुनेगरि ३१ मेसम्मका लागि लकडाउन थपेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो समय लगातार कोरोना भाइरसका संक्रमितको संख्या कम हुँदै गएको बताएका छन् । उनले अमेरिकामा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमी आउँदै गएका कारण अब अमेरिका अब सबै प्रकारको परिस्थितिबाट लड्नका लागि तयार रहेको बताए । 

समाचार एजेन्सी एएफपीका अनुसार कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घन्टामा ८२० जनाको मृत्यु भएको छ । ८९ हजार ९ सय नाघेको छ । अमेरिकी विश्व विद्यालय जन हपकिन्सका अनुसार अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण १५ लाख नाघेको छ ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित युरोप बनेको छ । युरोपको सबै जसो मुलुक कोरोनाका कारण प्रभावित बनेको छ । युरोपको सबैभन्दा बढी प्रभावित बनेको बेलायत, इटी, स्पेन लगायतका मुलुकमा पछिल्लो समय कोरोना संक्रमित र मृत्यु हुने दरमा कमी आएको छ । 

इटलीमा पछिल्लो समय कोरोना भाइरसका कारण मृत्यु हुनेको दर गत साताको भन्दा कम छ । लकडाउनमा छुट दिइएको इटलीमा पछिल्लो २द्ध घन्टामा मात्र १ सय ४५ जनाको मृत्यु भएको छ । यो हालसम्मकै कम मृत्यु संख्या हो ।

कोरोना भाइरसका कारण विश्वकै दोस्रो प्रभावित मुलुक बेलायतमा पनि कोरोना संक्रमितको मृत्यु हुने दरमा कमी आएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना भाइरसका कारण १ सय ७० जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३४ हजार नाघेको छ भने संक्रमित हुनेको संख्या २ लाख ४४ हजार नाघेको छ ।

यस्तै युरोपियन मुलुक स्पेनमा पनि पछिल्लो समय लकडाउनमा छुट दिइएको छ । लकडाउनमा छुट दिएपछि पछिल्लो समय स्पेनमा पनि कोरोना भाइरस संक्रमितको मृत्यु हुने दरमा कमी आएको छ । पछिल्लो समय २४ घन्टामा स्पेनमा कोरोनाका कारण मात्र ८७ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो दुई महिनामा स्पेनमा हालसम्मकै कम मृत्यु दर मानिएको छ । 

फ्रान्स भने कोरोना भाइसका कारण मृत्यु हुने दर बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा फ्रान्समा कोरोना भाइरसका कारण ४ हजार ८३ जनाको मृत्यु भएको छ । जसमा अधिकांश वृद्धवृद्धा रहेका र उनीहरु स्याहार केन्द्रका रहेका छन् । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार फ्रान्समा मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ ।

मध्यपूर्व मुलुक ईरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ हजार नाघेको  छ । ईरानमा गरिएको लकडाउनमा छुट दिएसँगै इरानमा कोरोनाका कारण मृतयु हुनेको संख्या निरन्तर बढी रहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपुरका अनुार ईरानमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक लाख २० हजार नाघेको छ ।

रूसका एक वरिष्ठ स्वास्थ्य अधिकारीका रुसमा कोरोना संक्रमितको संख्या स्थिर बनेको छ । यो साता तेस्रोदिन लगातार रुसमा कोरोना संक्रमितको दरमा कमी आएको छ । रुसमा गएको साता लगातार १० देखि ११ हजार नयाँ संक्रमित फेला पर्दै आएकोमा वितेको दुई दिनदेखि संक्रमित हुनेको संख्यामा कमी आएको छ । रुस विशवकै दोस्रो कोरोना प्रभावित मुलुक बनेको छ जहाँ कोरोना भाइरसका कारण २ लाख ८१ हजारभन्दा बढी संक्रमित भएका छन् ।

Last modified on 2020-05-18 12:30:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts