भारतमा चौथो चरणको लकडाउन थपियो
भारत, ४ जेठ । भारतमा चौथो चरणको बन्दाबन्दी अर्थात् लकडाउनको समय थप गरिएको छ ।
भारत सरकारले ३१ मे अर्थात् १८ जेठसम्मका लागि लकडाउनको समय थप गरेको हो । भारतको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले मुलुकमा जारी गरिएको लकडाउनका नियमलाई पूर्ण रुपले पालना गर्न भनेको छ ।
विशेषगरि महाराष्ट्र, गुजरात, पञ्जाव, राजस्थान र राजधानी दिल्लीमा कोरोनाले बढी प्रभावित बनाएको छ । लकडाउन थपिएपनि स्वरुपबारे भने खुलाईएको छैन ।
पछिल्लो समय दक्षिण एसियाली मुलुक भारत कोरोना भाइरसका सबैभन्दा बढी प्रभावित बनेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९० हजार नाघेको छ । यस्तै भाइरसका कारण २ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।
Last modified on 2020-05-17 20:22:07