कोरोनाविरुद्ध लड्न भारतमा प्रत्येक राज्यलाई १५ हजार करोडको राहत प्योकज घोषणा



Download our app to get more features

एजेन्सी, ४ जेठ । भारत सरकारले कोरोना भाइरस विरुद्धको लडाईंका लागि पाँचौ चरणको राहत प्याकेज घोषणा गरेको छ । 

भारत सरकारले कोभिड–१९ को महामारीविरुद्ध लड्न प्रत्येक राज्यलाई १५ हजार करोड दिने घोषणा गरेको छ । यो रकम सबै राज्यलाई आवश्यक मेडिकल सप्लाईका लागि दिइनेछ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले स्वास्थ्य क्षेत्रका लागि सरकारले खÞर्च बढ़ाउने भन्दै स्वास्थ्य संस्थामा लगानी बढाउने र भविष्यमा आउने महामारी रोक्न सबै जिल्लामा अस्पतालमा संक्रामक रोग ब्लक बनाउने बताइन । 

ल्याब नेटवर्क बलियो बनाउने र अध्ययन अनुसन्धानलाई बढाउने भन्दै उनले नेशनल इन्स्टीच्यूशनल प्लेटफर्म बनाउने बताइन् । सरकारले कोरोना महामारी विरुद्धका लागि घोषणा गरेको २० लाख करोडको राहत प्याकेजमा स्वास्थ्यकर्मीका लागि बीमा कार्यक्रमलाई पनि समेटिएको छ ।

कोरोना भाइरसविरुद्धको लडाईंका लागि स्वास्थ्य विभागलाई १५ हजार करोड रुपैयाँ छुट्याइएको छ । यस्तै कोरोना जाँच र प्रयोगशालाका लागि ५५० करोेड रुपैया पनि राहत प्याकेजमा समावेश गरिएको मन्त्री सीतारमणले बताइन् ।उनले कोरोनासँगको लडाईंमा लागिरहेका स्वास्थ्यकर्मीका लागि ५० लाख रुपैयाँको स्वास्थ्य बीमाकोपनि घोषणा गरिन् ।

Last modified on 2020-05-17 14:04:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts