अमेरिकी वैज्ञानिकले बनाए कोरोना भाइरस पत्ता लगाउने मास्क



Download our app to get more features

एजेन्सी, २ जेठ । विश्वव्यापी महामारी बनेको कोभिड–१९ विरुद्धको खोप वा औषधि हालसम्म पत्ता लाग्न सकेको छैन । 

विश्वका विभिन्न मुलुक अहिले कोभिड–१९ को खोप वा औषधि पत्ता लगाउने प्रयासमा जुटिरहेका छन् । खोप वा औषधि पत्ता लगाउने एकातिर काम भइरहँदा अमेरिकाका केही वैज्ञानिकहरुले भने भाइरस पत्ता लगाउने मास्कको आविष्कार गरेका छन् । 

अमेरिकाको हावर्ड विश्व विद्यालय र म्यासेच्युट्स ईन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले कोरोना भाइरस पत्ता लगाउने मास्कको आविष्कार गरेका हुन् । 

कुनैपनि व्यक्तिमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण जस्तै, खोकी लाग्ने, हाछ्यू आउने, श्वास फेर्दा नै आविष्कार गरिएको मास्कले उसमा कोरोना भाइरस भए नभएको पत्ता लगाउँछन । साथै ज्वरो आउँदापनि मास्कले कोरोना भाइरस भए नभएको पत्ता लगाउँछ ।

म्यासेच्युट्स ईन्स्टिच्युट अफ टेक्नोलोजीका एक जना अनुसन्धानकर्ता जिम कोलिन्सले यो मास्क सर्वसाधारण व्यक्तिले कार्यालय समय, अन्य समयमा प्रयोग गर्न सक्ने भन्दै अस्पतालमा बिरामी उपचारका लागि आउँदा पनि प्रयोग गर्न सक्ने बताए । जसका कारण डाक्टरले बिरामीमा कोरोना भाइरस छ छैन भनेर तुरुन्तै ठाउँमै पत्ता लगाएर उपचार सुरु गर्न सक्ने उनको भनाइ छ ।

कोलिन्सका अनुसार यो मास्कले कोरोना भाइरस संक्रमितलाई तत्काल पत्ता लगाई उपचार सुरु गर्दा त्यसले महामारी फैलिनबाट रोक्ने र समयको पनि बचत हुन सक्नेछ । 

म्यासेच्युट्स ईन्स्टिच्युट अफ टेक्नोलोजीले यसअघि सन् २०१४ मा इबोला भाइरस पत्ता लगाउने र सन् २०१६ मा जिका भाइरस पत्ता लगाउने प्रविधिको विकास गरेको थियो ।

Last modified on 2020-05-15 13:53:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts