डब्लूएचओ भन्छ: एचआईभी जस्तै कोरोना भाइरसपनि कहिल्यै अन्त्य हुँदैन
यस्तो छ विश्वका केही गतिविधि

काठमाडौं, १ जेठ । बेलायतका एक वरिष्ठ वैज्ञानिकले चीनले कोरोना भाइरस बनाएको अमेरिकी आरोपलाई खण्डन गरेका छन् । बेलायतको एमआई ५ का पूर्व महानिर्देशन एन्ड्रयू पार्करले चीनले कोरोना भाइरस बनाएको आरोपलाई खण्डन गरेका हुन् । उनका अनुार कोरोना भाइरस चीनको वुहान शहरको एक प्रयोगशालामा तयार गरिएको हो भन्नेबारे हालसम्म कसैलाई पनि कुनै प्रमाण नभेटेका कारण त्यस तर्फ ध्यान दिनु उचित हुँदैन । पार्करले भनेका छन्, ‘सबैतिर आशंका मात्रै गरिएको छ, बजारबाट यो भाइरस आएको छ भनिएको छ तर, यी सबै प्रमाणबिहीन कुरा मात्रै हुन् । हामीलाई आशंकाभन्दा पनि जे हामीसँग अहिले छ त्यसलाई हेरेर काम गर्नुपर्ने र गम्भीर हुनुपर्छ ।’
यसैबीच बेलायतको पब्लिक हेल्थले कोभिड–१९ एन्टीबडी टेस्ट किटलाई स्वीकृति दिएको छ । बेलायतमा पहिलो पटक बेलायतले कुनै एन्टीबडी टेस्ट किटलाई अनुमति दिएको हो । यो टेस्ट किटलाई स्विटजरल्याण्डको रोशे होल्डिंग एजी कम्पनीले तयार पारेको हो । पीएचईका विशेषज्ञहरुद्वारा यसको परीक्षणलाई निकै सटिक भएकाले मान्यता दिएको हो ।
कोरोना भाइरसका कारण बेलायत युरोपको सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको मुलुक हो । हालसम्म बेलायतमा कोरोना भाइरसका कारण ३३ हजार १ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख २९ हजारभन्दा बढी संक्रमित भएका छन् ।
अफ्रिकी महादेशका सबै मुलुक कोरोना भाइरसको चपेटमा आइसकेको छ । अफ्रिकाको एक मात्र मुलुक लेसोथोमा कोरोना भाइरसको संक्रमण नदेखिएकोमा त्यहाँपनि कोरोना भाइरसको एउटा संक्रमण फेला परेपछि अफ्रिकाको सबै मुलुक कोरोना भाइरसको चपेटमा आएको हो । ५४ देश रहेको अफ्रिकामा अब सबै मुलुक कोरोनाको चपेटमा आइसकेपछि विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । लेसोथोका स्वास्थ्य मन्त्रालयका अनुसार साउदी अरब र छिमेकी मुलुक दक्षिण अफ्रिकाबा आएका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मुलुकमा कोरोना संक्रमित फेला परेपछि त्यहाँ २९ मे सम्म लकडाउनको घोणा गरिएको छ । दक्षिण अफ्रिका, अफ्रीका महाद्वीपको सबैभन्दा बढिी कोरोना प्रभावित मुलुक हो । जहाँ कोरोना भाइरसका कारण १२ हजारभन्दा बढी संक्रमित छन भने २ सय १९ जनाको मृत्यु भइसकेको छ । समग्र अफ्रिकामा हालसम्म कोरोना भाइरसका कारण ६९ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् भने २३ सय ९९ जनाको मृत्यु भएको छ ।
अमेरिकी सुरक्षा एजेन्सी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटी र एफबीआईले अमेरिकामा कोरोना भाइरसविरुद्धको खोपलाई लिएर भइरहेको अध्ययन तथ्यांक चीनले चोरी गर्ने आरोप आरोप लगाएका छन् । बुधवार एक बयान जारी गर्दै दुबै संस्थाले चीन अमेरिकाले कोरोना विरुद्धको खोपको विषयमा गरिरहेको अध्ययन र डाटा चोरी गर्ने प्रयास गरिरहेको बताएका छन् । अमेरिकी रिसर्च संस्थानहरुमा कोरोना भाइरसलाई लिएर भइरहेको अध्ययनसँग सम्बन्धीत तथ्यांक चीन साइबल आक्रमण गरेर चोरी गर्ने प्रयास गरिरहेको र त्यसले अेमरिकालाई गम्भीर खतरा रहेको बयानमा उल्लेख गरिएको छ ।
एफबीआई र डीएचएसका साइबर आर्म सीआईएसएले भनेका छन्, ‘अमेरिकाको जुन संस्थानहरुमा कोरोना भाइरससँग सम्बन्धीत अध्ययन भइरहेको छ ती तथ्यांकमाथि चीनले आफ्नो एजेन्ट लगाएको छ । हेल्थकेयर, फÞार्मास्युटिकल र रिसर्च सेक्टरमा कोभिड १९ माथि दिनरात काम भइरहेको तर चीन त्यसलाई साइबर आक्रमण गरेर चोरी गर्न खोजि रहेको छ ।’
अमेरिकाले पहिलेपनि चीनमाथि कोरोना भाइरसको उत्पति गरेको आरोप लगाउँदै महामारीको फाइदा उठाउनका लागि चीनले हरसम्भव प्रयास गरिरहेको भन्दै आएको छ । त्यसकारण चीनले कोरोना भाइरसमाथि भइरहेको अध्ययनलाइएर्् साइबर जासुसीको माध्यमबाट चोरी गर्न चाहिरहेको छ । ताकि महामारी अन्त्य नै नहोस् ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस कहिल्यैपनि अन्त्य नहुने भन्दै चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनको आपातकालीन विषयका निर्देशक माइकल रयानले आफ्नो नियमित प्रेस जानकारीको क्रममा भने, “कोरोना हामीबीच क्षेत्र विशेषको हिसाबले कुनै अरु नै भाइरस बन्न सक्छ र सम्भव छ की यो हामीबीच कहिल्यै समाप्त हुने छैन ।’
एचआईभीको उदाहरण दिँदै उनले यो भाइरसपनि आजसम्म अन्त्य हुन नसकेको उल्लेख गरे । माइकल रयानका अनुसार खोपको बिना मानिसलाई यो रोगबाट लड्न प्रतिरक्षा प्रणालीलाई उपयुक्त स्तर प्राप्त गर्न वर्षौ लाग्न सक्नेछ ।
कोरोना भाइरसको खोप तयार गर्नका लागि विश्वका विभिन्न मुलुक प्रयास गरिरहेका छन् । ठूलो धनराशीपनि खर्च भइरहेको छ । कम्तिमा १ सय खोप तयार गर्ने काम भइरहेको छ । तर, कोरोना विरुद्धको कुनैपनि खोप तयार हुन्छ भन्नेमा विश्वका वैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन् ।
विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका विश्वभर संक्रमित हुनेको संख्या ४४ लाख २९ हजार नाघेको छ भने २ लाख ९८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमित भएका मध्ये झन्डै १६ लाख ५८ हजारभन्दा बढी स्वस्थ भएका छन् ।