भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नजिक



Download our app to get more features


एजेन्सी, २४ वैशाख । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संखया तिव्र गतिमा बढीरहेको छ । सरकारले तेस्रो चरणको लकडाउनलाई केही खुकुलो बनाउने घोषणा गरेसँगै संक्रमितको संख्या बढ्न थालेको हो ।

भारतमा हालसम्म कोरोना भाइरसका कारण ४९ हजार चार सय ३६ जना संक्रमित भइसकेका छन् । यस्तै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६ सय ९५ पुगेको छ । संक्रमित मध्ये १४ हजार एक सय ८३ जना निको भएर घर पनि फर्किएका छन् । भारतमा कोरोना भाइरसले सबै भन्दा बढी महाराष्ट्र राज्यमा प्रभाव पारेको छ । यहाँ १५ हजार एक सय २५ कोरोना संक्रमित फेला परिसकेका छन् भने ६ सय १७ जनाले ज्यान गुमाएका छन् । भारतकै अर्को प्रमुख शहर एवं राजधानी दिल्ली पनि कोरोनाको चपेटामा छ । यहाँ पाँच हजार एक सय चार जनामा कोरोना पोजेटिभ देखिएको छ भने ६४ जनाले ज्यान गुमाइसकेका छन् । 

भारतको गुजरात राज्य कोरोना भाइरसको दोस्रो उच्च जोखिम रहेको राज्य हो । यहाँ हालसम्म ६ हजार २ सय ४५ जनामा संक्रमण देखिएको छ भने ६ सय ६८ जनाले ज्यान गुमाइसकेका छन् । विश्वरमा हालसम्म ३७ लाख ४२ हजार ५ सय ८५ जना कोरोना संक्रमित देखिएका छन् । त्यसमध्ये १२ लाख ४८ हजार ७७ जना कोरोनामुक्त भइ घर फर्किसकेका छन् भने दुई लाख ५८ हजार ८ सय ४० जनाले ज्यान गुमाइ सकेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts