भारतमा कोरोनाका कारण एकैदिन ३९ सय संक्रमित, १ सय ९५ को मृत्यु
दिल्ली, २३ वैशाख । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण भारतमा हालसम्मकै सबैभन्दा धेरै मानिसहरुको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ स य ९५ जनाको मृत्यु भएको छ । मन्त्रालयका संयुक्त सचिव लव अग्रवालका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ३ हजार ९ सय जना संक्रमित भएका छन् ।
भारतमा एकैदिन कोरोना भाइरसका कारण एकैदिन यति धेरै संख्यामा पहिलो पटक मानिसहरु संक्रमित भएका छन् भने मृत्यु हुने दरपनि हालसम्मकै उच्च छ ।
योसँगै भारतमा कोरोनाका कारण संक्रमित हुनेको संखया ४६ हजार ४ सय ३३ पुगेको छ भने मृत्यु हुनेको संख्या १५ सय ६८ जनाको मृत्यु भएको छ ।