लकडाउनकाे समयमा पनि काठमाण्डाै मेट्राे हस्पिटलमा २४ घण्टै सेवा



Download our app to get more features

काठमाडौं, १६ वैशाख । काठमाडौंको मेट्रो अस्पतालले लकडाउनकाबीच बिरामीलाई समस्या नहोस् भन्दै नियमित ओपीडी सेवा सुरु गरेको छ ।

महाराजगञ्जस्थित काठमाडौं मेट्रो अस्पतालले लकडाउनका कारण नियमित फलोअप र औषधि नपाउँदा बिरामी र विशेषगरि दीर्घरोगीलाई समस्या हुने भन्दै विशेष सावधानीका साथ सेवाहरु सञ्चालनमा ल्याएको छ । 

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रकाश वलीले दीर्घरोगीको अवस्थालाई ध्यान दिँदै अस्पतालले ओपीडी, सल्यक्रिया लगायतका सेवा सुरु गरेको हाम्रो डाक्टर न्यूजलाई बताए । उनले लकडाउनका कारण अस्पतालसम्म आउन नसक्ने बिरामीका लागि पनि मेट्रो होम ल्याबमार्फत् घरमै गएर नमूना संकलन गरिने पनि बताए । 

अस्पताल आउने बिरामीले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने, अस्पतालमा आउनासाथ ज्वरो जाँच गर्ने, हात धुन लगाउने लगायतका कुरामा ध्यान दिएर नियम बनाइएको भन्दै उनले त्यसलाई पालना गरेर मात्रै बिरामीलाई अस्पतालमा भित्र्याइने गरेको बताए । साथै अस्पतालमा भर्ना भएका बिरामीलाई एक बेडमा एक जना बिरामी र बेडहरुबीच कम्तिमा ३ फिटको दूरी कायम गरिएको जानकारी गराए ।

Last modified on 2020-04-28 08:30:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts