भारतीय चिकित्सक संघको आन्दोलनको कार्यक्रम स्थगित, आरडिटी परीक्षणपनि रोकियो

भारत, १० वैशाख ।भारतीय चिकित्सक संघ (आईएमए) ने गरेको विरोध स्थगित गरेको छ । केन्द्रीय गृहमन्त्री अमित साहसँगको कुराकानीपछि आईएमएका डाक्टरहरुले गरेको सांकेतिक विरोध प्रदर्शन रोकेका हुन् ।
डाक्टरमाथि भइरहेको आक्रमणको विरोधमा आजराति ९ बजेदेखि प्रदर्शन र भोली कालो दिवस मनाउने निर्णय गरेका थिए । डाक्टरहरुको यो निर्णयपछि गृहमन्त्री अमित साहले कार्यस्थलमा भएका डाक्टरमाथि हुने असुरक्षाको विषयमा हामी ग्यारेन्टी दिन्छौ आश्वासन दिएपछि विरोधको कार्यक्रम स्थगित गरिएको हो ।
कोरोनाको उपचारमा खटिएका डाक्टरहरुमाथि भारतका विभिन्न स्थानमा कुटपिट हुने गरेको भन्दै आईएमएका डाक्टरहरु विरोधमा उत्रने निर्णयमा पुगेका थिए ।
यसैबीच, भारतमा दुई दिनका लागि र्यापिड डाइग्नोस्टि विधिबाट गरिने कोरोना परीक्षण रोकिएको छ ।
रÞ्यापिड टेस्टिङ किट अर्थात् द्रुत परीक्षण किटको विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला इन्डियन काउन्सिल फर मेडिकल रिसर्चले दुई दिनका लागि रÞ्यापिड टेस्टिङ किटको प्रयोग नगर्न सबै राज्यहरुलाई निर्देशन दिएको हो ।
केही ठाउँमा रÞ्यापिड टेस्टिङ किटबाट गरिएको परीक्षणको नतिजा सही नदेखिएको र धेरै गुनासो आएपछि काउसिन्लले दुई दिनका लागि किटको प्रयोग नगर्न भनेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
काउन्सिलका अनुसार ती किटको पुनः परीक्षण हुने र त्यसमा कुनै खराबी नदेखिए मात्रै दुई दिनपछि प्रयोगको अनुमति दिइनेछ ।
आईसीएमआरका प्रवक्ता डा. आरआर गंगाखेडरका अनुसार परीक्षणमा खराबी देखिए निर्माताबाट नयाँ किट मगाइनेछ । मंगलबार राजस्थान सरकारले किटमा खराबी देखिएको गुनासो गरेको थियो ।
अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार आज बिहानसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० हजार एक सय ११ पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ भने ३ हजार ९ सय ७५ जना निको भएका छन् ।