ओम समाज डेन्टलद्वारा लकडाउनमा घरघरमै सेवा



Download our app to get more features

काठमाडौं, ७ वैशाख । कोरोना भाइरसबाट जोगिन सरकारले गरेको लकडाउनको बेला दाँतमा समस्या भए त्यसको उपचार गर्न ओम समाज डेन्टल हस्पिटल घरघरमै पुग्ने भएको छ । हस्पिटलले अत्याधुनिक उपकरण जडान गरिएको एम्बुलेन्समार्फत घरमैमा सेवा दिन थालेको हो ।

अत्याधुनिक सुविधासम्पन्न, डेन्टल उपकरण जडित एम्बुलेन्सको सहायताले दन्त्य चिकित्सकले आवश्यकता दन्त्य उपचार सेवा घरघरमा गएर निःशुल्क दिन थालेको हो । अस्पतालका प्रसासन  प्रमुख अजय रेग्मीका अनुसार सामाजिक कार्यका लागि यो एउटा सानो प्रयास हो । कोहि पनि दाँतको उपचारबाट बञ्चित हुन नपरोस्, कसैले पनि दुःख नपाउन्, अशक्त, ज्येष्ठ नागरिक  वा अन्य कुनै रोगले हिँडडुल गर्न नसक्नेहरुलाई दाँत मुखको समस्याले अफ्ठ्यारो पारेको बेला घरमै गएर निःशुल्क आपतकालिन सेवाको व्यवस्था गरिएको हो । आइतबार गैरीधारा, कपन, जोरपाटी रुटमा  ११ जना बिरामीलार्इ निःशुल्क सेवा दिएको  रेग्मीले बताए


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts