कोविड-१९ महामारीका कारण विश्वभर संक्रमित हुनेको संख्या २० लाख नाघ्यो

काठमाडौं, ३ वैशाख । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या २० लाख नाघेको छ ।
अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार कोविड-१९ का कारण विश्वभर संक्रमित हुनेको संख्या २० लाख २४ हजार ६ सय २२ पुगेको छ ।
गत साढे ३ महिनामा कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा मानिसहरु संक्रमित भएका छन् । अमेरिकामा मात्रै कोरोनाका कारण ६ लाख ९ जहर ६ सय ८५ जना संक्रमित भएका छन् भने विश्वभै सबैभन्दा धेरै २८ हजार ३ सय मानिसहरुको मृत्यु भएको छ ।
Last modified on 2020-04-15 20:17:49