एन्टार्टिका जाँदै गरेको जहाजका एक सय २८ यात्रुमा कोरोना, जहाजको यात्रा रोकियो



Download our app to get more features

एजेन्सी, २६ चैत । एन्टार्टिकाको एक पानी जहाजमा ६० प्रतिशत मानिसमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो जहाज दुई सय भन्दा बढी मानिसलाई लिएर एन्टार्टिकाका गएको थियो । तर, उरुग्वे नजिकैको समुद्रमा जहाजलाई रोकिएको छ ।  

द ग्रेग मोरटाइमर नामक यो जहाज १५ मार्चमा एन्टार्टिका र साउथ जर्जियाको यात्राका लागि निस्केको थियो । चालक दलसहित दुई सय १७ जना सवार जहाजका एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ भने ८९ जनामा कोरोना नभएको पुष्टि भएको छ ।

कोरोना संक्रमण भएकामध्ये गम्भीर ६ जनालाई जहाजबाट उतारिएको छ । उनीहरुको उपचार उरुग्वेको मोन्टेभीडियोमा भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य बताइएको छ ।
जहाज चलाउने कम्पनीले अस्ट्रेलिया सरकारसँग उद्धरका लागि सहयोग मागेको छ । यसअघि जापानमा पनि प्रिन्स नामक एक जहाजका यात्रुलाई कोरोना संक्रमण भएको थियो ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts