कोरोनाको केन्द्र वुहानको लकडाउन ३ महिनापछि फुकुवा, जनजीवन सामान्य



Download our app to get more features

वुहान, २६ चैत । विश्वव्यापी महामारी बनेको कोविड–१९ अर्थात् नोवेल कोरोना भाइरसको केन्द्र चीनको वुहानमा गरिएको लकडाउन खोलिएको छ ।

सन् २०१९ को डिसेम्बर ३१ मा चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा पहिलोपटक देखिएको यो भाइरसका कारण चीन सरकारले शहरलाई नै पूर्ण रुपले बन्द गरेको थियो । 

११ हप्ताको लकडाउनपनि आजबाट त्यहाँको जनजीवन सामान्य बनेको छ । बीबीसीका अनुसार वुहानमा गरिएको लकडाउन झन्डै ३ महिनापछि फुकुवा गरिएको छ । 

वुहानमा पछिल्लो २ दिनमा कोरोनाका कारण मात्र २ जनाको मृत्यु भएको र संक्रमितको संख्यापनि निकै कम भएपछि त्यहाँको लकडाउन फुकुवा गरिएको हो । दक्षिण एसियामा सबैभन्दा बढी प्रभावित वुहानमा कोरोनाका कारण ८० हजार संक्रमित भएका थिए भने ३ हजारभन्दा बढीको मृत्यु भएको थियो ।

बीबीसीले लेखे अनुसार वुहानमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण मात्र ६२ जना नयाँ संक्रमित फेला परेका छन् ।  लकडाउन फुकुवा गरिएपनि त्यहाँका सबै नागरिकलाई सावधानी र सचेत अपनाउन भनिएको छ । 

३ महिनापछि मानिसहरु घरबाहिर निस्किँदा वुहानमा चहलपहल सुरु भएको छ ।
 

Last modified on 2020-04-08 08:45:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts