बेलायती प्रधानमन्त्री जोनसोन दोस्रो दिन आईसीयूमा, स्वास्थ्य स्थिर



Download our app to get more features

बेलायत, २६ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार आएको छ ।

कोरोना संक्रमित प्रधानमन्त्री जोनजोन अहिले सघन उपचार कक्षमा उपचाररत छन् ।

अक्सिजन दिएर उपचार भइरहेको उनमा निमोनिया नभएको र उनको स्वास्थ्यमा सुधार आएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ । 

५५ वर्षका प्रधानमन्त्री जोनसोनमा गत मार्च २६ मा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएलगतै उनी सेल्फ आइसोलेसनमा थिए । तर, स्वास्थ्य बिग्रिन थालेपछि उनी गत आइतवार अस्पताल भर्ना भएका हुन् ।

सेन्ट थोमस अस्पताल लण्डनमा उपचाररत प्रधानमन्त्री जोनसोन आईसीयूमा भएपनि उनको स्वास्थ्य स्थिर रहेको सरकारका प्रवक्ताले जनाएका छन् ।

यसैबीच, महारानी एलिजाबेथले प्रधानमन्त्री जोनसनको स्वास्थ्य लाभको कामना गर्दै उनको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार पुगेको छ भने संक्रमितको संख्या ५० हजार नाघेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts