दक्षिण पूर्वी एशियाका देशमा सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन १९ लाख नर्स र सुडेनी चाहिने
नयाँ दिल्ली, २५ चैत । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य समस्याको सामना गर्दै अगाडि बढिरहेका स्वास्थ्यकर्मीको कामको प्रशंसा गरेको छ । विश्व स्वास्थ्य दिवसको आवसरमा संगठनद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘दक्षिण पूर्वी एसिया क्षेत्रका देशहरूले सबै नागरिकको पहुचमा स्वास्थ्य सेवा पुर्याउन अझै नर्स र सुँडेनीहरूको संख्या बढाउनु पर्छ । यस क्षेत्रमा अझै १९ लाख नर्स तथा सुडेको आवश्यक छ । यो लक्ष्य २०३० सम्म पुर्याउन पर्छ ।’
नर्स र सुँडेनी सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्र हुन् । बिमारी रोकथाम गर्न, जीवनभर स्वास्थ्यलाई बढावा दिन, आमा, नवजात शिशु र बच्चाको जीवनरक्षा खोपहरू दिन, स्वास्थ्य सल्लाह दिन र वृद्धवृद्धाको हेरचाहको लागि उनीहरुको महत्वपूर्ण भूमिका हुन्छ । संगठनकी दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले विश्व स्वास्थ्य दिवसको अवसरमा नर्सिङ र मिडवाइफरी कर्मचारी सबैले हरेक नागरिकको स्वास्थ्य आवश्यकता पूरा गर्न बल, सीप र सहयोग गरेकोमा प्रशंसा गरेकी छिन् । विज्ञप्तिमा भनिएको छ, ‘नर्स र सुँडेनी सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्र हुन् ।’