कोरोना उपचारमा संलग्न भारतका ५० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

दिल्ली, २५ चैत । भारतमा कोरोनाको उपचारमा संलग्न झन्डै ५० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । कोरोनाका कारण भारतमा पछिल्लो समय संक्रमित हुनेको क्रम बढ्दै गएपछि त्यहाँका स्वास्थ्यकर्मीपनि त्यसबाट संक्रमित हुन थालेका छन् ।
दक्षिण एसियामा प्रभावित हुनेमा दोस्रो स्थानमा रहेको भारतको राजधानी दिल्लीमा मात्रै २ जना डाक्टर र १६ जना नर्समा कोरोना पुष्टि भएको छ ।
दिल्लीको क्यान्सर इन्स्टीच्यूटमा सोमवार गरिएको परीक्षणको क्रममा २ जना डाक्टर र १६ जना नर्समा कोरोना पुष्टि भएको हो ।
अस्पतालका अनुसार १९ जना बिरामीको नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ छ भन ४५ जना स्वास्थ्यकर्मीलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।
कोरोनाको उपचारमा संलग्न यस अस्पतालका स्वास्थ्यकर्मी व्यक्तिगत सुरक्षा उपकरण बिनै काम गरिरहेका कारण उनीहरुमा कोरोना संक्रमण भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कोरोनाका कारण भारतमा अहिलेसम्म एक सय १४ जनाको मृत्यु भइसकेको छ भने ४ हजारभन्दा बढी संक्रमित भएका छन् । यस्तै भाइरसका कारण संक्रमित भएका छन् ३ सय २५ जना स्वस्थ भएर स्वस्थ भएर घर फर्किएका छन् ।