स्वास्थ्य अवस्था बिग्रिदै गएपछि बेलायती प्रधानमन्त्री आईसीयूमा
बेलायत, २५ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई आइसोलेसन वार्डबाट आईसीयूमा भर्ना गरिएको छ ।
कोविड–१९ अर्थात् नोवेल कोरोना भाइरसका कारण स्वास्थ्य बिग्रिदै गएपछि उनलाई आईसीयूमा भर्ना गरिएको हो ।
५५ वर्षका प्रधानमन्त्री जोनसोनको स्वास्थ्यमा सुधार नआएपछि अस्ति आइतवार बेलायतको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको बेलायति स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री जोनसोनमा गत २७ मार्चमा कोरोना पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा थिए ।
Last modified on 2020-04-07 09:19:29