पहिलो पटक बाघमा कोरोना पोजेटिभ



Download our app to get more features

न्यूयोर्क, २४ चैत । अमेरिकाको न्यूयोर्क सिटिमा पहिलोपटक जनावरमा कोरोना भाइरस पुष्टि भएको छ ।

न्यूयोर्कस्थित दि ब्रोन्ज जू मा रहेको एक महिला बाघमा कोरोना भेटिएको हो ।

अमेरिकाको नेशनल भेटेनरी सर्विसेज ल्याबोरेटरी लोआले चिडियाखानामा रहेको ४ वर्षको पोथी बाघमा कोरोना भाइरसको संक्रमण भेनिएको जनाएको छ ।

त्यो बाघसँगै चिडियाखानामा रहेका अन्य ४ वटा बाघ र ३ वटा सिंहमा सुक्खा खोकी देखिएको छ । 

चिडियाखानामा रहेका तीनिहरुमा कसरी कोरोनाको संक्रमण भयो भन्ने विषयमा अनुसन्धान सुरु भएको छ ।

कोरोना भाइरसको संक्रमण न्यूयोर्कमा सबैभन्दा बढी फैलिन थालेपछि ब्रोन्ज चिडियाखाना १६ मार्चदेखि नै मानिसका लागि बन्द गरिएको छ । 

Last modified on 2020-04-06 10:11:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts