कोरोना भाईरसका कारण मृत्यु हुनेको स्मृतिमा चीनमा मौनधारण



Download our app to get more features

एजेन्सी, २२ चैत । चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरिएको छ । 

स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिन फिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो ।

मौनधारणमा सहभागीहरुले मृतकको सम्मान र सम्झना गरेको अधिकारीहरुले जनाएका छन । मौनधारणका बेला सबै सवारी साधनहरु जहाँको तहिँ रोकिएका थिए भने, राष्ट्रिय झण्डा झुकाइएको थियो । मौनधारण कार्यक्रम चीन बाहिर रहेका कुटनितिक निकायहरुमा समेत गरिएको थियो । 

मौन धारण कार्यक्रममा करौडौ व्यक्ति सहभागी रहेका थिए ।  सन् २०१९ को डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा ३ हजार ३ सय २६ व्यक्तिको मृत्यु भईसकेको छ । यस भाइरसको कारण अझै पनि ८१ हजार भन्दा बढी व्यक्ति अझै पनि सङ्क्रमित रहेका छन् । 

कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा १४ जना स्वास्थ्यकर्मीले पनि ज्यान गुमाएका छन् । श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउने नौलो संक्रमण फैलिएको पत्ता लगाउने चिकिसक लि बेन्लियाङको पनि सोही संक्रमणका कारण मृत्यु भएको थियो । चीनमा दिवङ्गत मान्छेको सम्झना गरिने चिन्मिङ पर्वको अवसर पारेर चीन सरकारले मौनधारण कार्यक्रम तय गरेको बताइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts