अपडेट

कोभिड–१९ का कारण स्पेनमा एकैदिन साढे ९ सयको मृत्यु, विश्वमा संक्रमितको संख्या १० लाख नाघ्यो



Download our app to get more features

काठमाडौं, २१ चैत । कोभिड–१९ का कारण स्पेनमा एकैदिन ९ सय ५० जनाको मृत्यु भएको छ । जुन हालसम्मकै उच्च मृत्यु दर हो । योसँगै स्पेनमा कोभिड–१९ कारण मृत्यु हुनेको संख्या १० हजार ३ पुगेको छ ।

युरोपीय मुलुक स्पेनमा इटलीपछि सबैभन्दा धेरै मानवीय क्षति भएको हो । तर, संक्रमित हुनेमा भने स्पेन इटलीभन्दा अग्र स्थानमा छ । स्पेनमा कोभिड–१९ का कारण हालसम्म एक लाख १० हजार २ सय ३८ जना संक्रमित भएका छन् । 

यस्तै अमेरिकामा दिन प्रतिदिन कोभिड–१९ का कारण मानिसहरु संक्रमित हुने दर बढ्दो छ । विश्वमै सबैभन्दा धेरै संक्रमित हुने मुलुक बनेको अमेरिकामा हालसम्म २ लाख १६ हजार नागरिक भाइरसका कारण संक्रमित बनेका छन् भने ६ हजार जनाको मृत्यु भएको छ । अमेरिका कोभिड–१९ का कारण मानवीय क्षति व्यहोर्नेमा तेस्रो मुलुक बनेको छ । 

अमेरिकी वैज्ञानिकहरुले भाइरसका कारण अमेरिकामा झन्डै एकदेखि २ लाख नागरिकले ज्यान गुमाउनसक्ने चेतावनी दिएका छन् । भाइरसले सबैभन्दा बढी प्रभावित बनेको न्यूयोर्कमा सबैभन्दा बढी संक्रमित बढ्न थालेपछि त्यहाँका गर्भवति महिलाहरु न्यूयोर्क छोडेर अन्तै सर्न थालेका छन् ।
यस्तै भारतमा कोरोनाका कारण ६९ जनाको मृत्यु भएको छ भने २५ सयभन्दा बढी संक्रमित भएका छन् । 

रोमानिया सरकारले कोभिड–१९ को उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई ५ सय युरो बोनस उपलब्ध गराउने भएको छ । रोमानियाका राष्ट्रपति क्लाउज इहानिनले कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई मासिक ५ सय युरो दिने घोषणा गरेका हुन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ३० अप्रिलसम्म सबै कार्यालय बन्द गर्ने घोषणा गरेका छन् । 

कोभिड–१९ का कारण मुलुक अस्तव्यस्त बनेपछि पुटिनले ३० अप्रिलसम्म सबै कार्यालय, स्कूल लगायतका संस्था बन्द गर्ने बताएका हुन् ।

सिंगापुरमा ४९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या एक हजार ४९ पुगेको छ भने कोभिड–१९ कारण ४ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोभिड–१९ कारण २ हजार ९ सय २१ जनाको मृत्यु भएको छ । १६ लाख ३ हजार १ सय ९४ जनामा कोभिड–१९ परीक्षण गरिएकोमा ३३ हजार ७ सय १८ जनामा कोरोना पुष्टि भएको छ । 

पोर्चुगलमा राज्य आपतकालिन अवधिलाई थप गरिएको छ । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले कोभिड–१९ कारण २ सय जनाको मृत्यु भएपछि थप १५ दिनका लागि आपतकालिन अवधि थप गरिएका बताए । पोर्चुगलमा कोभिड–१९ का कारण ९ हजार संक्रमित भएका छन् ।

सउदी अरबको मक्का मदिनामा २४ घन्टाका लागि कर्फ्यू लगाइएको छ । सउदीमा हालसम्म कोरोनाका कारण १७ सय संक्रमित भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

नेदरल्याण्डमा कोभिड–१९ का कारण १३ सय ३९ जनाको मृत्यु भएको छ भने १४ हजार ६ सय ९७ जना संक्रमित भएका छन् ।

यस्तै सोमालियाका पूर्व प्रधानमन्त्री नुर हसन हुसेनको कोरोना भाइरसका कारण मृत्यु भएको छ । ८३ वर्षीय हुसेनमा कोरोना पुष्टि भएपछि उनी लण्डनस्थित हस्पिटलमा उपचाररत थिए ।

स्विटरजरल्याण्डामा कोभिड–१९ का कारण ४ सय ३२ जनाको मृत्यु भएको छ भने १८ हजार २ सय ६७ जना संक्रमित भएका छन् । यस्तै जाम्बियामा कोभिड–१९ का कारण पहिलो व्यक्तिको मृत्यु भएको छ । जाम्बियामा ३९ जना संक्रमित छन् ।

इरानमा कोभिड–१९ का कारण मृत्यु हुनेके संख्या ३ हजार १ सय ३६ पुगेको छ । इरानी स्वास्थ्यमन्त्री कियानुस जहानपुले दिएको जानकारी अनुसार त्यहाँ कोभिड–१९ कारण संक्रमित हुनेको संख्या ५० हजारभन्दा बढी पुगेको छ ।

फ्रान्समा कोरोनाका कारण हालसम्म ५ हजार ४ सयको मृत्यु भएको छ । सबैभन्दा बढी प्रभावित बनेको इटलीमा हालसम्म कोरोनाका कारण १३ हजारको मृत्यु भइसकेको छ ।

भाइरसका कारण विश्वर ५३ हजारभन्दा बढीको मृत्यु भएको छ भने १० लाखभन्दा बढी संक्रमित भएका छन् । ३ लाखको हाराहारीमा संक्रमितहरु स्वस्थ भएर घर फर्किएका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts