कोभिड–१९ का लागि अस्ट्रेलियामा २ वटा खोपको परीक्षण सुरु, नतिजा आउन २ महिना लाग्ने
अस्ट्रेलिया, २१ चैत । अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसकालागि दुई वटा सम्भावित खोपको परीक्षण सुरु गरेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार, अअक्सफर्ड यूनिभर्सिटी र अमरीकी कम्पनी इनोविओ फर्मास्यूटिकल्सले बनाएको खोप जनावरमाथि सफल परीक्षण गरिसकिएको छ ।
यदि यो खोप मानिसमाथि परीक्षणको क्रममा सफल भएमा अस्ट्रेलियाको विज्ञान एजेन्सीले यसको मूल्याङ्कन गर्नेछ ।
गएको महिनामा अमेरिकामा पहिलोपटक मानिसमाथि यो खोपको परीक्षण भइसकेको छ । तर, त्यो समय जनावरमाथि परीक्षण गर्ने कामलाई छोडिएको थियो ।
तीव्र गतिमा फैलिँदै गएको कोरोना भाइरसलाई लिएर विश्वका विभिन्न मुलुकले यसको खोपको अनुसन्धान गर्ने कामलाई तीव्रता दिएको छ । तर, अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गेनाइजेसन (सीएसआईआरओ) ले यो परीक्षण पहिले पूर्ण रुपले जनावरमाथि गरिएको प्री–क्लिनिकल ट्रायल हुनेछ ।
अनुसन्धानकर्ताका अनुसार पूरै विश्वबाट प्राप्त सहयोग सराहनीय हो जसका कारण यो चरणसम्म हामी यतिधेरै नजिक पुगेको छन् ।
सीएसआईआरओका डाक्टर रब ग्रेनफेलले सामान्यतया यो चरणसम्म पुग्नका लागि कम्तिमा पनि दुई वर्ष समय लाग्ने तर, हामी मात्र २ महिनामा यहाँसम्म पुगेको बताए ।
कसरी काम गर्छ खोपले ?
पछिल्लो केहि दिनमा सीएसआईआरओका टीमले यस खोपलाई गन्धबिलाव अर्थात् न्याउरी मुसा प्रजातिको जनावरमाथि परीक्षण गरेको छ । जसले प्रमाणित भइसकेको छ की गन्धबिलावमा मानिसमा जस्तै कोरोना भाइरसको संक्रमण हुन्छ ।
सार्स कोभि–२ भाइरस कोरोना संक्रमणका लागि जिम्मेवार हुन्छ । विश्वमा कम्तिमा पनि २० खोपमाथि अहिले काम भइरहेको छ । सीएसआईआरओको टीमले दुई वटा खोपमाथि काम गरिरहेको छ ।
पहिले भेक्टर भ्याक्सिन अक्सफोर्ड यूनिभर्सिटीको तर्फबाट विकसित गरिएको हो । यसमा कोरोना भाइरसको प्रोटीनलाई इम्युन सिस्टममा राख्नका लागि ‘डिफेक्टिभ’ भाइरसको प्रयोग गरिन्छ र त्यसपछि यसबाट हुन सक्ने प्रभावको परीक्षण गरिन्छ ।
भिक्टोरियामा अस्ट्रेलियन एनीमल हेल्थ ल्याबोरेट्रीका प्रोफÞेसर ट्रेवर ड्रुका अनुसार इम्युन सिस्टममा राखिएको भाइरस आफ्नो प्रतिलिपि तयार गर्न सक्दैनन् । त्यसैले यो खोपबाट बिरामी हुने सम्भावना छैन ।
अर्को खोप जुन अमेरीकी कम्पनी इनोविओ फर्मास्युटिकल्सले तयार पारेको हो त्यो खोप केही फरक तरिकाले काम गर्छ ।
यो खोप यसरी तयार पारिएको छ की यसले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा कोरोना भाइरसको केहि प्रोटिनलाई इनकोड गर्छ र फेरि शरीरको कोषहरुमा ती प्रोटीनलाई उत्पन्न गर्नका लागि उत्प्रेरित गर्छ ।
यो धेरै कोणबाट महत्वपूण रहेको र यसको सफल हुनेमा धेरै सम्भावना रहेको बताइन्छ ।
कहिलेसम्म आउँछ यसको नतिजा ?
वैज्ञानिका अनुसार जनावरमाथि हुने परीक्षणको नतिजा जुन महिनाको सुरुसम्म आउनसक्छ । यदि नतिजा राम्रो आयो भने खोपलाई क्लिनिकल परीक्षणका लागि पठाइनेछ । त्यसपछि बजारमा यो आउने प्रक्रिया तीव्र गतिमा हुन सक्छ । तर, विशेषज्ञ चेतावनी दिँदै अर्को परीक्षणको प्रक्रियामा कम्तिमा १८ महिनाको समय लाग्न सक्ने बताउँछन् ।