कोभिड–१९ : अमेरिकामा संक्रमितको संख्या २ लाख पुग्यो, भारतमा संक्रमितको संख्या बढ्दो



Download our app to get more features

काठमाडौं, २० चैत । विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण अमेरिकामा संक्रमितको संख्या २ लाख पुगेको छ ।

संयुक्त राज्य अमेरिका भाइरसका कारण सबैभन्दा संक्रमित हुने देश बनेको छ । पछिल्लो समय युरोपबाट अमेरिका केन्द्रबिन्दु बनेपछि त्यहाँ संक्रमित हुनेको संख्या ५ गुणाले बढ्दै गएको छ । 

भाइरसका कारण अमेरिकामा बुधवारसम्म ४ हजार ६ सय जनाको मृत्यु भएको छ । अमेरिकामा एकै दिन ८३ हजार नयाँ संक्रमित भेटिएका छन् । सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा एक हजार ९ सय ४१ जनाको मृत्यु भएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनले अबको एक दुई दिनमै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५० हजार पुग्ने र १० लाखभन्दा बढी संक्रमित हुने बताएको छ । 

यस्तै बेलायतमा कोरोना भाइरसका कारण एकै दिन ५ सय ६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा ५ सय ६३ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ३ सय ५२ पुगेको छ ।

युरोपीय देश स्पेनमापनि भाइरसका कारण पछिल्लो २४ घन्टामा ८ सय ६४ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या एक लखा २ हजारभन्दा बढी पुगेको छ । 

यस्तै इरानमा मृत्यु हुनेको संख्या ३ हजार पुगेको छ भने विश्वभर भाइरसका कारण मृत्यु हुनेको संख्या ४७ हजारभन्दा बढी पुगेको छ । यस्तै भाइरसका कारण विश्वरभ ९ लाख ३५ हजारभन्दा बढी संक्रमित भएको र १ लाख ९४ हजारभन्दा बढी स्वस्थ भएर घर फर्किएका छन् ।

कोरोनाभाइरस महामारीका कारण ब्रिटेनको ग्लास्गोमा तय भएको एउटा महत्त्वपूर्ण जलवायु सम्मेलन अर्को वर्षसम्मका लागि पर सारिएको छ ।

ब्रिटेन र संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले इन्टरनेटमार्फत् एउटा भर्चुअल बैठक गरेपछि संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

यसै वर्षको नोभेम्बर ९ बाट सुरु हुने बताइएको राष्ट्रसङ्घीय वार्षिक भेला कोप–२६ मा दर्जनौँ विश्व नेताहरू सहभागी हुने गरेका छन् ।

यस्तै कोरोना भाइरसको संक्रमणका कारण अफ्रिकाका एक जना वैज्ञानिकको मृत्यु भएको छ । एचआईभीको औषधि खोज गरिरहेकी अफ्रिकि वैज्ञानिक गिता रामजी को कोरोनाका कारण मृत्यु भएको जनाइएको छ ।

भारतको राजधानी दिल्लीको निजामुद्दीन स्थित तबलीगी जमातको मरकज कार्यक्रममा सहभागि अधिकांशमा कोरोना भाइरस पुष्टि भएको छ ।

मुस्लिम समुदायले गर्ने मरकज कार्यक्रममा सहभागि एक सयभन्दा बढीमा कोरोनाको पुष्टि भएको छ । सबैभन्दा बढी तमिलनाडु फर्केका १ सय १० जनामा कोरोनाको पुष्टि भएको बताइएको छ । यसअघि मरकजमा सहभागि अन्य ९३ जनामा पनि कोरोनाको पुष्टि भइसकेको छ । 

तीनिहरु भारतका विभिन्न राज्यका नागरिक रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कार्यक्रममा सहभागि अन्यको खोजी भइरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भाइरसका कारण भारतमा हालसम्म ५८ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी संक्रमित भएका छन् ।

मलेशिया सरकारले लकडाउनको बेला घरमै बसिरहने महिलाहरुलाई सुन्दर बनेर बस्न निर्देशन जारी गरेको छ । 

विश्वभर फैलिएको नोवेल कोरोना भाइरसका कारण गरिएको लकडाउनको समय घरमै बन्द भएका महिलाका लागि मलेसियाको महिला एवं परिवार कल्याण मन्त्रालयले काम गरिरहने महिलालाई घरमा शान्ती बनाइ राख्न र उर्जाशिल काम गर्नका लागि यो निर्देशन जारी गरिएको हो ।    


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts