कोभिड–१९ बाट संक्रमितको उपचारका लागि लण्डनमा १० दिनमा ४ हजार शय्याको अस्पताल तयार



Download our app to get more features

लण्डन, १९ चैत । विश्वव्यापी महमारी बनेको कोभिड–१९ बाट संक्रमितको उपचारका लागि लण्डनमा ४ हजार शय्याको अस्पताल तयार भएको छ ।

कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि लण्डनमा १० दिनमा ४ हजार शय्याको अस्पताल निर्माण सम्पन्न भएको जनाइएको छ ।

द गार्जियन समाचार संस्थाका अनुसार लण्डन सरकारले सेनालाई जिम्मा आपतकालिन अस्पताल तयार गरेको हो । आपतकालिन अस्पतालको नाम नाइटेंगल हस्पिटल दिइएको छ ।

अस्पतालमा आजबाट नै कोरोना संक्रमित बिरामीहरुको उपचार सुरु भएको छ । यसअघि चीनले १० दिनमा एक हजार शय्याको अस्पताल निर्माण गरेको थियो ।

पूर्वी लण्डनको डकल्याण्ड जिल्लामा एक्सेल कन्वेन्शन सेन्टर रहेको स्थानलाई नै परिवर्तन गरेर अस्पतालमा परिणत गरिएको छ । यसमा दुई दुई हजारको दुई वटा वार्ड रहेको छ ।
 
लण्डनमा हालसम्म कोरोना भाइरसका कारण २५ हजारभन्दा बढी संक्रमित भएका छन् भने १७ सयभन्दा बढीको मृत्यु भएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts