अमेरिकामा सामाजीक दुरी कायम गरेपनि कोभिड–१९ का कारण २ लाख नागरिकले ज्यान गुमाउनसक्ने



Download our app to get more features

काठमाडौं, १९ चैत । विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण युरोपपछि केन्द्र बनेको अमेरिकामा जनजीवन प्रभावित बनेको छ । 

अमेरिकाको व्हाइट हाउसले मंगलवार सार्वजनिक गरेको सूचना अनुसार अमेरिकामा सामाजीक दुरी कायम गर्ने निर्देशिका जारी गरेपनि एकदेखि साढे २ लाख मानिसको मृत्यु हुने जनाएको छ ।

अमेरिकाको नेशनल इन्स्टीच्यूट अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका निर्देशक डा.एन्थोनी फाउचीले  कोरोना भाइरसका कारण अमेरिकामा सबैभन्दा बढी क्षति हुने र एकदेख २ लाख ४० हजार मानिसहरुको मृत्यु सक्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड टर्म्पले भाइरस नियन्त्रणका लागि सामाजीक दुरी कायम गर्ने निर्देशिका अप्रिल ३० सम्म लागू गरेपनि त्यसले संक्रमणलाई रोक्न कुनै मद्दत नगर्ने डा.फाउचीको भनाइ छ । 

अमेरिकामा सबैभन्दा बढी न्यूयोक प्रभावित बनेको छ । त्यहाँ मात्रै कोरोना भाइरसका कारण अहिलेसम्म १५ सय जनाको मृत्यु भइसकेको छ । 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा चीनलाई उछिनेको भन्दै अमेरिकीहरूलाई आगामी दुई साताको समय निकै असहज र चुनौतीपूर्ण हुने बताएका छन् ।

उनले अमेरिकाले अहिलेसम्म कहिल्यै सामना नगरेको परीक्षामा रहेको पनि बताएका छन् ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ३ हजार ७ सय जनाको मृत्यु भइसकेको छ भने एक लाख ८० हजारभन्दा बढी संक्रमित भएका छन् ।

Last modified on 2020-04-01 09:56:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts