कोरोनाबाट संक्रमित पौने आठ लाख मध्ये साढे पाँच लाखको अवस्था सामान्य



Download our app to get more features

एजेन्सी, १८ चैत । विश्वभर कोरोना संक्रमितको संख्या पौने आठ लाख भन्दा बढी पुगेको छ भने यसमध्ये उपचारपछि घर फर्कनेको संख्या पनि एक लाख ६५ हजार भन्दा बढी भइसकेका छन् । 

समाचार तयार पार्दासम्म (मंगलबार दिउँसो) मा संक्रमित हुनेको संख्या सात लाख ८७ हजार चार सय ११ पुगेको छ भने निको हुनेको संख्या एक लाख ६५ हजार नौ सय ३५ पुगेको छ । मृत्यु भएका बाहेक पाँच लाख ५२ हजार आठ सय ८३ मानिसको अवस्था सामान्य रहेको छ । अर्थात् उनीहरूमा कोरोनाबाट संक्रमण भए पनि सामान्य रुघा, खोकी मात्रै छ र चाँडै निको हुनेछन् ।

२९ हजार चार सय ८८ संक्रमितको अवस्था भने अलिक जटिल रहेको छ । अर्थात् उनीहरूलाई भेन्टिलेटर तथा आइसियूमा राखेर उपचार गरिँदैछ । कोरोना संक्रमितमध्ये ४.८ प्रतिशत मानिसको मृत्यु भएको छ । यद्यपि, यो औसत मृत्यु दर हो । यसभित्र कुनै देशमा अलि बढी मृत्युदर छ । प्रत्येक देशमा मृत्युदर फरक फरक छ । संक्रमितको उमेरमा निर्भर गरिरहेको छ । जस्तै इटालीमा धेरै मानिसको मृत्यु हुनुमा संक्रमित धेरै वृद्धवृद्धा छन् । यस्तै दक्षिण कोरियामा कम मानिसको मृत्यु हुनुमा त्यहाँ कम उमेर समूहका मानिसमा संक्रमित बढी थियो ।  
 

Last modified on 2020-03-31 14:18:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts