अपडेट

कोभिड–१९ः अमेरिकामा ३० अप्रिलसम्म सामाजीक दुरी कायम गर्ने निर्देशिका जारी

भारतका एचआईभी प्रभावित स्वास्थ्य सेवाबाट बञ्चित



Download our app to get more features

काठमाडौं, १८ चैत । विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण इटलीमा एकैदिन ८ सय १२ जनाको मृत्युु भएको छ ।

भाइरसका कारण सबैभन्दा ठूलो क्षति व्यहोरोको इटलीमा यो सँगै मृत्यु हुनेको संखया ११ हजार ५ सय ९१ पुगेको छ भने संक्रमितको संख्या एकै दिनमा ४ हजार बढी पुगेको छ । इटली अमेरिकापछिको दोस्रो संक्रमित मुलुक बनेको छ । ४ हजार नयाँ संक्रमित भेटेसँगै इटलीमा भाइरसका कारण संक्रमित हुनेको संख्या एक लाख पुगेको छ । 

इटलीपछि ठूलो क्षति व्योहोर्ने स्पेनमा पछिल्लो २४ घन्टामा ८ सय १२ जनाको मृत्यु भएको छ । यो सँगै स्पेनमा मृत्यु हुनेको संख्या ७ हजार ३ सय ४० पुगेको छ । स्पेन इटलीपछिको दोस्रो मुलुकको हो जहाँ कोरोना भाइरसले सबैभन्दा धेरै मृत्यु भएको छ । 

यस्तै इरानमा पछिल्लो २४ घन्टामा एक सय १७ जनाको मृत्यु भएको छ । यो सँगै इरानमा भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार ७ सय ५७ पुगेको छ । 

भाइरसका कारण विश्वका झन्डै एक सय ९० मुलुक प्रभावित बनेको छ । भाइरसका कारण विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ३७ हजार ७ सय ८० जनाको मृत्यु भएको छ भने ७ लाख ८४ हजारभन्दा बढी संक्रमित भएका छन् । जसमा सबैभन्दा बढी अमेरिकी नागरिक संक्रमित भएको बताइएको छ । यस्तै भाइरसका कारण झन्डै एक लाख ६५ हजारभन्दा बढी स्वस्थ भएर घर फर्किएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएन, अल जजिरा, बीबीसी लगायतले जनाएको छ । 

यसैबीच अमेरिकी सरकारले सामाजीक दुरी कायम गर्ने सम्बन्धी निर्देशनलाई ३० अप्रिलसम्म लम्ब्याउने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण संक्रमितको संख्या बढ्दै गएपछि ३० अप्रिलसम्म सामाजीक दुरी कायम गर्न निर्देशन दिएका हुन् । 

अमेरिकामा २ लाख नागरिक भाइरसका कारण मर्न सक्ने भन्दै अमेरिकी वैज्ञानिकहरुले दिएको चेतावनीपछि अमेरिकाले यो निर्णय गरेको हो । अमेरिकामा हालसम्म भाइरसका कारण २ हजार ९ सय ४८ जनाको मृत्यु भएको छ भने एक लाख ६० हजारभन्दा बढी नागरिक संक्रमित भएका छन् । यसैबीच अमेरिकाको लस एन्जसल्समा घरबार नभएका एक जना मजदुरमा पहिलो पटक कोरोना पोजेटिभ पाइएपछि त्यहाँका झन्डै २ हजारभन्दा बढी घरबार नभएका त्यस्ता मजदुरलाई सस्पेन्ड गरिएको छ ।

अमेरिकाको नयूयोर्क राज्यमा भाइरसका कारण मृत्यु भएकाहरुको शव राख्ने ठाउँ नपाएपछि कोल्डस्टोरमा राख्न थालिएको छ ।

उता नेदरल्याण्डमा कोरोना भाइरसका कारण एकै दिन ९३ जनाको मृत्यु भएको छ । यो सँगै नेदरल्याण्डमा भाइरसका कारण मृत्यु हुनेको संख्या ८ सय ८४ पुगेको छ भने ११ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् ।

नेदरल्याण्डको राष्ट्रिय स्वास्थ्य संस्थानले दिएको जानकारी अनुसार त्यहाँ एक दिनमा ८ दशमलव १ प्रतिशतका दरले कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको बताइएको छ । जोनसोनका प्रवक्ताले दिएको जानकारी अनुसार अब प्रधानमन्त्री जोनसोन सबै काम गर्न सक्षम भएका छन् र उनको स्वास्थ्य अवस्थापनि सामान्य बनेको छ । 

गत साता अघि कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्री जोनसोन आइसोलनमा उपचाररत छन् र भिडियो कन्फ्रेन्सबाटै कामकाज गरिरहेका छन् । 

संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडीपी) ले विकासोन्मुख मुलुकलाई कोरोना भाइरसका कारण ठूलो क्षति व्यहोर्नुपर्ने भन्दै चिन्ता व्यक्त गरेको छ । युएनडीपीले विकासोनोन्मुख मुलुक पहिलेदेखि नै स्वास्थ्य समस्याबाट जुझि रहेको र सिमित स्रोतका कारण अर्थतन्त्रमा पनि समस्या झेल्दै आएको बेला कोभिड–१९ ले ती मुलुकलाई अब थप समस्यामा पार्ने बताएको छ । 

यस्तै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्यापनि तीव्र गतिमा बढ्न थालेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्न थालेको समयमै जनता कर्फ्यू र लगतै लकडाउन गरिएको भारतमा हालसम्म १३ सय ३९ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने ३८ जनाको मृत्यु भइको छ । भारतमा एकै दिन एक सयभन्दा बढीमा कोरोना पोजेटिभ पाइएको छ । 

यसबैची भारत सरकारले गरेको लकडाउनका काराण एचआईभी र क्रोनिक अवस्थाका बिरामी स्वास्थ्य सेवा लिनबाट बञ्चित भएका छन् । 

Last modified on 2020-03-31 07:07:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts