कोरोना उपचारका मेडिकल सामाग्री बोकेको पहिलो विमान चीनबाट अमेरिका पुग्यो 



Download our app to get more features

एजेन्सी, १७ चैत । चीनको सांघाई सहरबाट कोरोना उपचारका लागि चाहिने मेडिकल सामाग्रीसहितको पहिलो विमान आइतबार अमेरिकाको न्युयोर्क पुगेको छ । अमेरिकाका संचार माध्यमहरुका अनुसार उक्त विमानमा १२ मिलियन पञ्जा, १ लाख ३० हजार एननाइन्टी फाइभ मास्क, १७ लाख सर्जिकल मास्क, ५० हजार मेडिकल गाउन, एक लाख ३० हजार ह्यान्ड स्यानिटाइजर र ३६ हजार थर्मोमिटर छन् । 

संघीय आपतकालीन व्यवस्थापन विभागका प्रवक्ता लिजी लिट्जोले पनि चीनले पठाएको पहिलो विमान अमेरिका पुगेको स्वीकारेको न्युयोर्क टाइम्समा उल्लेख छ ।  ती मेडिकल सामाग्री न्युयोर्क, न्यु जर्सी र कनेक्टिकट राज्यमा वितरण गरिनेछ र बाँकी सामाग्रीहरु लिएर अर्को विमा  विमान सोमबार सिकागो र मंगलबार ओहायोमा पुग्नेछ । त्यहाँबाट निजी क्षेत्रका वितरण नेटवर्कको प्रयोग गरेर अन्य राज्यमा पनि पठाइने लिट्जोले बताइन् ।

जोन्स हप्किन्स विश्वविद्यालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार आइतबारसम्म अमेरिकामा कोभिड–१९ बाट संक्रमित मानिसको संख्या एक लाख ४२ हजार १ सय ६ पुगेको छ । दुई हजार चार सय ७९ को मृत्यु भएको छ भने दुई हजार ६ सय ८६ जना निको भएका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts