भारतमा कोरोना संक्रमित १०७ पुगे, सबै भन्दा धेरै महाराष्ट्रमा
एजेन्सी, २ चैत । विश्वको ११० भन्दा बढी देशमा फैलिसकेको कोरोना (कोभिड–१९) भाइरसबाट भारतमा १०७ जना संक्रमित भएका छन् भने दुई जनाले ज्यान गुमाइ सकेका छन् ।
भारतको केन्द्रीय सरकार र प्रदेश सरकारहरुले कोरोना नियन्त्रणमा विभिन्न अभियान चलाए पनि कोरोना संक्रमितको संख्या बढी रहेको छ । कोरोनाका धेरै बिरामी महाराष्ट्र राज्यमा देखिएका छन्। त्यहाँ अहिलेसम्म ३१ जनामा कोरोना भाइरस देखिएको छ। अर्को दक्षिणी राज्य केरलामा २२ जना संक्रमित भेटिएका छन्।
अधिकारीहरूले ठूलो मात्रामा परीक्षण गर्न बाँकी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने बताएका छन्।
Last modified on 2020-03-18 15:32:47