कोरोना भाइरसः विश्वका चर्चित व्यक्तिहरु संक्रमित, यस्तो छ सूचि



Download our app to get more features

काठमाडौं, २ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरससम्बन्धी जाँचको रिपोर्ट आएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार आफूलाई कोरोना भाइरसले संक्रमण गरेको वा नगरेको भनेर स्वास्थ्य जाँचका लागि नमूना दिएका थिए । उनको रिपोर्ट नेगेटिभ रहेको डाक्टरहरुले बताएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार ट्रम्पलाई कोरोनाको कुनै लक्षण नदिएपनि उनले पूर्व सतर्कता अपनाउँदै कोरोनाकालागि जाँच गराएका थिए ।

विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरसका कारण विश्वका चर्चित व्यक्तिहरु संक्रमित भएका छन् । जसमा क्यानेडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी श्रीमति सोफी ग्रेगोइर ट्रूडो पनि समावेश छिन् । श्रीमतिलाई संक्रमण भइसकेपछि प्रधानमन्त्री ट्रूडोले आफूलाई आइसोलसनमा राखेका छन् ।  उनमा कोरोनाको लक्षण नदेखिएपनि सावधानी अपनाउँदै आफूलाई आइलेसनमा राखेका हुन् ।

इंग्लिश प्रीमियर लीग क्लब आर्सेनलका मुख्य कोच मिकेल अर्टेटा र चेल्सी के कैलम हडसन ओडोईपनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

पछिल्लो समय युरोपमा फैलिन थालेको यो भाइरसका कारण स्पेनका समानता मन्त्री इरेन मोन्टेरोपनि संक्रमित भएकी छिन् । स्पेनका अधिकारिहरुका अनुसार पूरै क्याबिनेट र शाही परिवारको पनि कोरोना भाइरसको परीक्षण गरिएको छ ।

यस्तै अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई पनि कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । शरीरमा तापक्रम उच्च भएको अनुभव भएपछि डटनले जाँच गराउँदा उनलाई पनि संक्रमणले च्यापेको पुष्टि भएको थियो । भने अस्ट्रेलियाका फास्ट बलर केन रिचर्डसनले पनि आफूमा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएको भन्दै स्वास्थ्य परीक्षण गराएका छन् । रिपोर्ट आउन बाँकी रहेकाले उनी अहिले आइसोलेसनमा छन् । 

अस्ट्रेलियाकै अस्कर विजेता अभिनेता टम ह्यान्क्स र उनकी पत्नी रीटा विल्सनमा पनि कोरोना भाइरसको पुष्टि भएको छ । उनीहरुको उपचार अहिले जारी छ । 

विश्व चर्चित ब्राजिलका फुटबलर क्रिस्टियानो रोनाल्डोमा भने कोरोना भाइरसको संक्रमण नभएको रिपोर्ट आएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण इरानका दुई सांसदको मृत्यु भएको छ । दुई हप्ताअघि इरानी सांसद मोहम्मद अलि रमाजानी दस्तकको कोरोना संक्रमण कै कारण मृत्यु भयो । यसै हप्ता कन्जरभेटिभ पार्टीकी सांसद फतेमेह रहबरको मृत्यु भएको छ । 

इरानका सर्वाेच्च नेता आयतोल्लाह खोमेनीका सल्लाहकार मोहम्मद मीरमोहम्मदीको निधन भएको थियो । इरानमा कोरोना संक्रमणका कारण पूर्वराजदुत हादी खोरोशाही, विदेशमन्त्री जावद जरिफका सल्लाहकार शोसेन शेखोसलमको मृत्यु भइसकेको छ ।  

यसअघि फेब्रुवरी २५ मा इरानका उप स्वास्थ्यमन्त्रीमा कोरोना भाइरसको संक्रमण भएको पत्ता लागेको थियो । इरानमा अन्य ‘हाइ प्रोफाइल’ व्यक्तिहरु पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । उपराष्ट्रपति इशक जहाँगिरी, उपस्वास्थ्यमन्त्री इरज हरिची, उद्योगमन्त्री रजा रहमानी, संस्कृतिमन्त्री अली असगर मौनेसन कोरोना भाइरसबाट संक्रमित भए । त्यस्तै, महिला मामिला उपाध्यक्ष मसुुमेह एब्टेकर, संसदको राष्ट्रिय सुरक्षा र वैदेशिक मामिला समितिका अध्यक्ष मोजताबा जोनर्नर, मेयर मोर्तेजा रहमान्जदेय, सिरियाका लागि इरानी पूर्व राजदुत ६८ वर्षीय हुसेन सेखोलेस्लम र कृषि मन्त्रालयका अधिकारी मोजतबा पौरखान्लीमा संक्रमण भएको पुष्टि भइसकेको छ ।  

Last modified on 2020-03-15 08:25:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts