विश्वमै पहिलो पटक नवजातमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि
लण्डन, १ चैत्र । लण्डनमा पहिलो पटक नवजात शिशुमा नोवेल कोरोना भाइरस भएको पुष्टि भएको छ ।
बच्चा जन्मेको दुई दिनपछि निमोनिया भएको आशंकामा अस्पताल लिएर जाँदा डाक्टरले उनमा कोरोना भएको पुष्टि भएको जनाएका हुन् ।
यसअघि कोरोनाका कारण कुनैपनि नवजातमा संक्रमण देखिएको थिएन । यो विश्वकै पहिलो घटना हो ।
नर्थ लण्डनस्थित मिडिलसेक्स अस्पतालमा दुई दिनअघि उनका आमाले शिशुलाई जाँचका लागि लगेकी थिइन् । अस्पताल स्रोतका अनुसार अस्पतालकै दुई जना कोरोना संक्रमित कर्मचारी ती शिशुको सम्पर्कमा आएकाले उनमा संक्रमण भएको हुन सक्ने बताएको छ ।
द गार्जियन समाचार एजेन्सीका अनुसार ती दुवै कर्मचारीलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ ।
नर्थ मिडलसेक्स युनिभर्सिटि अस्पतालले शिशुमा देखिएको कोरोनाको विषयमा उपचार सुरु गरिएको छ ।