अमेरिकामा संकटकाल घोषणा, हरेक राज्यलाई ५० विलियनको राहत, विद्यार्थी ऋणको ब्याज मिनाहा
एजेन्सी, १ चैत । कोरोना भाइरसका कारण विभिन्न राज्यमा गरि ४० जनाको ज्यान जानुका साथै १७ सय भन्दा धेरै नागरिक कोरोना भाइरसबाट संक्रमित भएपछि संयुक्त राज्य अमेरिकाले संकटकालको घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार व्हाइट हाउसबाट सम्बोधन गर्दै संकटकालको घोषणा गरेका हुन् । कोरोनाको बढ्दो संक्रमणलाई लिएर प्रभावकारी कदम नचालेको भनेर संसदमा तीव्र आलोचना भइरहेका बेला ट्रम्पले संकटकाल घोषणा गरेका हुन् । संकटकालसँगै उनले सबै राज्यले प्रतिराज्य ५० विलियनसम्म राहत रकम खर्चन पाउने घोषणा पनि गरेका छन् ।
संकटकाल घोषणा गर्दै राष्ट्रपति ट्रम्पले आउँदो ८ हप्ता कठिन रहेका जनाएका छन् । कोरोना भाइरसको संक्रमण जाँच्ने क्रममा स्वास्थ्य सेवा प्रदायकहरुलाई कानुनी रुपमा सहज बनाउने घोषणा गरिएको छ । त्यस्तै सबै अस्पताललाई आपतकालिन कार्यक्रमहरु सुचारु गर्न भनिएको छ । आउँदो हप्ताभित्र करिब पाँच लाख सम्भावित संक्रमितको परीक्षण गर्ने योजना पनि बनाइएको छ ।
अमेरिकाले अर्को सूचना नहुँदासम्म विद्यार्थीहरुले लिएको शैक्षिक ऋणको व्याज मिनाहा गर्नेपनि घोषणा गरेको छ ।