कोरोना भाइरसका कारण भारतमा पहिलो मृत्यु



Download our app to get more features

एजेन्सी, ३० फागुन । भारतमा कोरोना भाइरसका कारण पहिलो मृत्यु भएको छ । भारतको कर्नाटक राज्यस्थित कलबुर्गीमा एक जनाको मृत्यु भएको हो ।

साउदी अरवबाट भारत फर्किएका ७६ वर्षका ती व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको केन्द्रीय सरकारदरा जारी एक बयानका अनुसार साउदी अवरबाट फर्के पछि श्वासप्रश्वासमा समस्या, खोकी र निमोनिया भएपछि ६ मार्चमा एक डाक्टरले उनको घरमा नै उपचार गरेका थिए । तर, स्वास्थ्य लगातार बिग्रदै गएपछि ९ मार्चमा उनलाई कलबुर्गीको एक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । नको ९ तारिखमा विस्तृत जाँचका लागि थुकको नमुना एक ल्यावमा पठाइएको थियो तर त्यसको नतिजा आउनु पहिले नै अस्पतालको सल्लाह विपरित परिवारले उनलाई हैदरावादको एक निजी अस्पतालमा भर्ना गराइयो । पछि १० मार्चमा उनलाई जीआइएमएस लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । यता, कर्नाटकका स्वास्थ्य अधिकारिहरुले भने ती व्यक्तिको मृत्यु कोभिड १९ कै कारणले भएको हो भन्ने पूर्ण स्पष्ट नभएको बताएका छन् ।

अधिकारीहरुका अनुसार ती ती व्यक्तिमा पहिलेदेखि नै अन्य स्वास्थ्य सम्बन्धी समस्या पनि थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts