क्यानेडेली प्रधानमन्त्री जस्टिन सेल्फ क्वारेन्टाइनमा



Download our app to get more features

क्यानेडा, ३० फाल्गुन । क्यानेडाका प्रधानमन्त्री जस्टिन ट्रड्यू क्वारेन्टाइनमा बस्न थालेका छन् । 

श्रीमति सोफिया ग्रेगोइर ट्रड्यूमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनी सेल्फ क्वारेन्टाइनमा बस्न थालेका हुन् । उनमा कोरोना भाइरसको संक्रमण नदेखिएपनि श्रीमतिसँगै भएकाले सावधानी अपनाउन सेल्फ क्वारेन्टाइनमा बस्न थालेको उनका निकट स्रोतले बताएको छ ।

बेलायतबाट फर्केपछि सोफियामा फ्लु जस्तै लक्षण देखिएको थियो । स्वास्थ्य जाँच गराउँदा उनमा कोरोनाभाइरस पुष्टि भएको बताइएको छ । 

सोफियाका उपचारमा संलग्न डाक्टरहरुले उनको स्वास्थ्य सामान्य रहेको र उनीसँग नजिक रहेका र सम्पर्कमा आएका व्यक्तिहरुकोपनि स्वास्थ्य जाँच गराउनुपर्ने सुझाएका छन् ।

क्यानेडाली प्रधानमन्त्री मात्रै होइन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्पर्कमा आएका ब्राजिलका प्रेस सचिवमा पनि विहीवार कोरोनाको पुष्टि भएको छ ।

क्यानेडामा हालसम्म एक सय भन्दा बढीमा कोरोनाभाइरसको पुष्टि भएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts