मार्क इन्टरनेशलनमा एक सातासम्म मिर्गौलाको निःशुल्क परीक्षण



Download our app to get more features

काठमाडौं, २९ फागुन । मार्क इन्टरनेशलन किड्नी सेन्टरमा एक सातासम्म मिर्गौलाको निःशुल्क परीक्षण भइरहेको छ । विश्व मिर्गौला दिवस २०२० र मार्क इन्टरनेशनल किड्नी सेन्टरको स्थापना दिवसको अवसरमा लायन्स क्लब अफ काठमाडौंको संयुक्त आयोजनामा निःशुल्क शिविर सञ्चालन भएको हो । 

शिविरमा २९ चैतमा मिर्गौला परीक्षणको अतिरिक्त रक्तदान, ३० फागुनमा छाला रोग परीक्षण, आँखा परीक्षण, १ चैतमा बाल मिर्गौला परीक्षण, २ चैतमा पत्थरीसम्बन्धी परामर्श र माइलोमा क्यान्सरसम्बन्धी परामर्श, ३ चैतमा दन्तरोग परीक्षण, रक्तचाप परीक्षण, ४ चैतमा लुपस नेफराटिस्सम्बन्धी परीक्षण, रक्तअल्पता परीक्षण, ५ चैतमा मधुमेह परीक्षण र बाल मिर्गौला परीक्षण हुनेछ ।  

Last modified on 2020-03-12 15:58:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts