चीनद्वारा कोरोना भाइरस संक्रमण अन्त्यको घोषणा



Download our app to get more features

एजेन्सी, २९ फागुन । डब्लुएचओले विश्व आपतकाल घोषणा गरेको भोलिपल्ट कोरोना भाइरसको संक्रमणले सबैभन्दा धेरै क्षति भएको चीनले भने संक्रमण अन्त्यको घोषणा गरेको छ । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले चीनमा कोरोना भाइरस संक्रमणको अन्त्य भएको जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनमा हालसम्म १ लाख २६ हजार ६ सय ३१ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । ती मध्ये ४ हजार ६ सय ३८ जनाले ज्यान गुमाए भने ६८ हजार ३ सय २५ जनालाई निको भएको छ । ५३ हजार ६ सय ६८ जनालाई संक्रमण जारी रहेको जनाइएको छ । संक्रमितमध्ये ५ हजार ७ सय ८ जनाको अवस्था गम्भीर रहेको छ । चीनमा कोरोना संक्रमणको दर प्रतिदशलाख १६ जना रहेको छ । 

बुधवारमात्र विश्व स्वास्थ्य संगठनले भाइरसको संक्रमण १ सय २० भन्दा बढि मुलुकमा फैलिसकेको भन्दै विश्व संकटकाल घोषणा गरेको थियो । यद्यपी, चीनले भने बिहीवार कोरोना भाइरस अन्त्य भएको घोषणा गरेको हो । 

Last modified on 2020-03-12 15:47:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts