"कोभिड–१९" का कारण विश्वका १ सय १८ मुलुक प्रभावित, यस्तो छ बुधबारसम्मको आकंडा



Download our app to get more features

काठमाडौं, २९ फाल्गुन । गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड–१९ अर्थात् नोवेल कोरोनाभाइरसलाई विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको छ । 

चीनबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण हालसम्म विश्वका १ सय १८ वटा मुलुकमा फैलि सकेको छ । भाइरसका कारण अहिलेसम्म १ लाख १८ हजार नागरिक विश्भर संक्रमित भएका छन् भने ४ हजार २ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

महामारी बनेको सकेको कोरोना भाइरसका कारण विश्वभर नै त्रास फैलिएको छ । जसको प्रत्यक्ष र अप्रत्यक्ष असर विश्क अर्थतन्त्र, स्वास्थ्य, खाद्यान्न लगायतका क्षेत्रमा पनि परेको छ । 

विश्व स्वास्थ्य संगठनले महामारी बनिसकेको कोरोना भाइरसबाट जोगिनका लागि अहिलेसम्म कुनै औषधि वा खोपको विकास हुन नसकेको तर, अनुसन्धान भने जारी गरेको बताउँछ । 

चीनपछि अहिले युरोपियन मुलुक इटलीमा कोरोनाको संक्रमण उच्च र तीव्र गतिमा फैलिदै गएको छ । भाइरसका कारण इटलीमा अहिलेसम्म ६ सय ३१ जनाको मृत्यु भइसकेको छ भने इरानमा २ सय ९१ जनाको मृत्यु भएको छ । 

एसियन महाद्वीपपछि कोरोना भाइरस अहिले पश्चिमी महाद्वीपमा फैलिँदै गएको छ । जसका कारण अमेरिका, फ्रान्स, जर्मनी लगायतका मुलुकले आफ्ना नाकाहरु बन्द गर्न थालेका छन् । 

विश्वभर कोरोनाभाइरसको अवस्थाको तथ्यांक अहिले कस्तो छ :
अस्ट्रेलियामा १ सय २६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने भाइरसका कारण ३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो भाइरसबाट पर्ने प्रभाव नियन्त्रण गर्न झन्डै १७ करोड ६३ लाख रकम विनियोजन गरेको छ ।

दक्षिण कोरियामा थप १ सय ४४ जना नयाँ बिरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्यु भएको छ । यो सँगै दक्षिण कोरियामा मृत्यु हुनेको संख्यापनि ६६ पुगेको छ । 

संयुक्त राज्य अमेरिकामा भने कोरोना भाइरसका कारण अहिलेसम्म १ हजार २ सयभन्दा बढी संक्रमित भएका छन् । भाइरसका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

इटलीमा आर्थिक संकट देखिनुका साथै त्यहाँ औषधि, खाद्यान्न लगायतका सामग्रीको हाहाकार मच्चिएको छ । इटलीका पसल, बजार बन्द छन् भने सबै नागरिकलाई घर भित्रै बस्न निर्देशन जारी गरिएको छ । 

यसैबीच, हलिउडका चर्चित नायक टम ह्यांक्स र उनकी श्रीमति रिटा विल्सनपनि कोरोनाबाट संक्रमित भएका छन् । उनीहरुले आफ्नो सामाजीक संजाल इन्स्टाग्राम मार्फत् यो विषयमा जानकारी गराएका छन्  । 

Region Places reporting cases Confirmed cases Deaths  Confirmed cases in the last 15 days
Asia China 80908 3161 3159
Asia Iran 8042 291 7981
Asia South Korea 7755 60 6863
Asia Japan 568 12 424
Asia Singapore 166 0 76
Asia Malaysia 129 0 107
Asia Bahrain 110 0 108
Asia United Arab Emirates 74 0 61
Asia Israel 70 0 68
Asia Kuwait 69 0 64
Asia Iraq 61 6 60
Asia Thailand 59 1 22
Asia India 50 0 47
Asia Taiwan 48 1 18
Asia Lebanon 41 1 40
Asia Vietnam 35 0 19
Asia Philippines 33 1 32
Asia Palestine 29 0 29
Asia Qatar 24 0 24
Asia Saudi Arabia 20 0 20
Asia Indonesia 19 0 19
Asia Oman 18 0 16
Asia Pakistan 16 0 16
Asia Afghanistan 7 0 6
Asia Maldives 6 0 6
Asia Bangladesh 3 0 3
Asia Cambodia 2 0 1
Asia Brunei Darussalam 1 0 1
Asia Nepal 1 0 0
Asia Mongolia 1 0 1
Asia Jordan 1 0 1
Asia Sri Lanka 1 0 0
Asia Bhutan 1 0 1
Europe Italy 10149 631 9920
Europe France 1784 33 1772
Europe Spain 1639 35 1636
Europe Germany 1296 2 1281
Europe Switzerland 490 3 490
Europe Netherlands 382 4 382
Europe United Kingdom 373 6 360
Europe Sweden 326 0 325
Europe Norway 277 0 277
Europe Belgium 267 0 266
Europe Denmark 264 0 264
Europe Austria 182 0 182
Europe Greece 90 0 90
Europe Iceland 70 0 70
Europe Czech Republic 63 0 63
Europe San Marino 62 2 62
Europe Portugal 41 0 41
Europe Finland 40 0 39
Europe Ireland 35 0 35
Europe Slovenia 31 0 31
Europe Romania 25 0 25
Europe Georgia 23 0 23
Europe Poland 22 0 22
Europe Russia 20 0 18
Europe Croatia 13 0 13
Europe Estonia 13 0 13
Europe Hungary 12 0 12
Europe Azerbaijan 11 0 11
Europe Albania 10 0 10
Europe Belarus 9 0 9
Europe Latvia 8 0 8
Europe Slovakia 7 0 7
Europe North Macedonia 7 0 7
Europe Luxembourg 7 0 7
Europe Serbia 5 0 5
Europe Malta 4 0 4
Europe Bulgaria 4 0 4
Europe Moldova 3 0 3
Europe Lithuania 3 0 3
Europe Bosnia and Herzegovina 2 0 2
Europe Cyprus 2 0 2
Europe Ukraine 1 0 1
Europe Andorra 1 0 1
Europe Holy See 1 0 1
Europe Armenia 1 0 1
Europe Monaco 1 0 1
Europe Liechtenstein 1 0 1
America United States of America 1025 28 972
America Canada 93 1 82
America Brazil 34 0 34
America Argentina 19 1 19
America Chile 17 0 17
America Ecuador 17 0 17
America Costa Rica 13 0 13
America Peru 11 0 11
America Panama 7 1 7
America Mexico 7 0 7
America Paraguay 5 0 5
America Dominican Republic 5 0 5
America Colombia 3 0 3
Other Cases on an international conveyance Japan 696 7 14
Oceania Australia 112 3 90
Oceania New Zealand 5 0 5
Africa Egypt 59 1 58
Africa Algeria 20 0 20
Africa South Africa 7 0 7
Africa Tunisia 5 0 5
Africa Senegal 4 0 4
Africa Morocco 2 0 2
Africa Burkina Faso 2 0 2
Africa Nigeria 2 0 2
Africa Cameroon 2 0 2
Africa Democratic Republic of the Congo 1 0 1
Africa Togo 1 0 1
  Total 118619 4292 38498
Last modified on 2020-03-12 11:35:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts