लण्डनका एडम बने एचआईभी संक्रमणबाट सञ्चो हुने विश्वकै दोस्रो व्यक्ति



Download our app to get more features

लण्डन । लण्डनमा एचआईभी संक्रमित एक जना व्यक्ति सञ्चो भएको पाइएको छ । 

एन्टि रेट्रोभाइरल थेरेपीलाई रोकेपछि लण्डनका ४० वर्षीय एडम क्यास्टेलिजो स्वस्थ भएका हुन् । उनी विश्वमै एचआईभी संक्रमितबाट निको हुने दोस्रो व्यक्ति बनेका छन् । उनको शरीरमा सन् २०१६ बाट यो उपचार विधि सुरु गरिएको थियो ।

क्याम्ब्रिज विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता प्रो रविन्द्र कुमार गुप्ताले एचआईभी औषधिले निको पार्न नसकेपछि स्टेम सेल अर्थात् मूल कोषिकाको ट्रान्सप्लान्टपछि उनलाई निको भएको बताएका छन् । 

यसअघि सन् २०११ मा बर्लिनमा एक जना एचआईभी संक्रमित बिरामी तिमोथी ब्राउन यहि उपचारबाट निको भएका थिए । 

Last modified on 2020-03-11 06:35:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts