कोरोनाभाइरस असर: तेलदेखि विश्वका प्रमुख शेयर बजारसम्म
बीबीसी, २७ फाल्गुन । विश्वभर कोरोना भाइरसको त्रास फैलिएपछि त्यसको असर विश्व अर्थतन्त्रमा पनि देखिन थालेको छ ।
डिसेम्बरबाट फैलिएको यो भाइरसको त्रासका कारण तेलदेखि शेयर बजारसम्ममा प्रभाव परेको छ ।
साउदी अरेबियाले तेलको उत्पादन बढाउने निर्णय गरेपछि तेलको मूल्य नाटकीय रूपमा ओरालो लागेको छ र बजारहरूमा पनि हलचल भएको छ ।
साउदी अरेबियाली कदम र कोरोनाभाइरस सङ्क्रमणको त्रासको असर अन्तर्राष्ट्रिय बजारमा पनि पर्न थालेको छ ।
विश्वभरि कोरोनाभाइरसको त्रास बढ्दै गर्दा तेलको मूल्य ओरालो लागेपछि त्यसको असर विश्व बजारमा पर्न थालेको हो ।
सोमवार बजार खुलेलगत्तै अमेरिकाको न्यूयोर्क र ब्रजिलको साओपाओलोका शेयर बजारहरूमा पनि गिरावट आएका विवरण प्राप्त भएका छन् ।
युरोपेली बजारमा असर देखिँदै गर्दा ब्रिटेनको मुख्य शेयर सूचकाङ्कले विश्व आर्थिक सङ्कट भएयताकै खराब दिनको सामना गरेको छ ।
चिन्ता
प्रमुख व्यापारिक फर्महरूले अर्बौँको घाटा बेहोरेका छन् ।
तेलको मूल्यमा पनि २० प्रतिशतले गिरावट आएको छ र बेन्टको कच्चा तेलको मूल्य प्रति ब्यारेल ३६ डलरभन्दा कममा झरेको छ ।
युरोपेली बजारमा आठ प्रतिशतले गिरावट आएको छ। त्यसअघि एशियाका सट्टा बजारले पनि ठूलो घाटा सहेका थिए ।
न्यूयोर्कको बजारमा पनि त्यसको असर पर्न सक्ने चिन्ता बढेको छ ।
तेल उत्पादन बढाउने साउदी अरेबियाको एकपक्षीय निर्णय र कोरोनाभाइरसको प्रकोपका कारण व्यापारिक गतिविधिमा परेको प्रभावका कारण तेलको मूल्य त्यसरी तल झरेको हो ।
शेयरबजारमा धक्का
कोभिड-१९ को आर्थिक असरलाई लिएर गहिरो रुपमा चिन्ता व्यक्त भइरहेका बेला अमेरिकी शेयरबजारमा ठूलो धक्का लागेको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा निकायले सन् २००९ को आर्थिक सङ्कट सकिएपछि पहिलो पटक तेलको माग कम हुने भविष्यवाणी गरेको छ ।
तेल उत्पादक देशहरूको सङ्गठन ओपेक र रुस तेल उत्पादन कटौती गर्ने विषयमा सहमत नभएपछि बजारमा तेलको परिमाण बढ्ने सम्भावना बढेको छ ।
तेल निर्यातकर्ता देशहरूको मुद्रा पनि अवमूल्यन हुन थालेको छ ।
रुसी रुबल अमेरिकी डलरको तुलनामा छ प्रतिशतले तल झरेको छ । साउदी अरेबियाले तेलको उत्पादन बढाउने निर्णय गरेपछि तेलको मूल्य नाटकीय रूपमा ओरालो लागेको छ र बजारहरूमा पनि हलचल भएको छ ।
साउदी अरेबियाली कदम र कोरोनाभाइरस सङ्क्रमणको त्रासको असर अन्तर्राष्ट्रिय बजारमा पनि पर्न थालेको छ ।
विश्वभरि कोरोनाभाइरसको त्रास बढ्दै गर्दा तेलको मूल्य ओरालो लागेपछि त्यसको असर विश्व बजारमा पर्न थालेको हो ।
सोमवार बजार खुलेलगत्तै अमेरिकाको न्यूयोर्क र ब्रजिलको साओपाओलोका शेयर बजारहरूमा पनि गिरावट आएका विवरण प्राप्त भएका छन् ।
युरोपेली बजारमा असर देखिँदै गर्दा ब्रिटेनको मुख्य शेयर सूचकाङ्कले विश्व आर्थिक सङ्कट भएयताकै खराब दिनको सामना गरेको छ ।
तेल उत्पादक देशहरूको सङ्गठन ओपेक र रुस तेल उत्पादन कटौती गर्ने विषयमा सहमत नभएपछि बजारमा तेलको परिमाण बढ्ने सम्भावना बढेको छ ।
तेल निर्यातकर्ता देशहरूको मुद्रा पनि अवमूल्यन हुन थालेको छ । रुसी रुबल अमेरिकी डलरको तुलनामा छ प्रतिशतले तल झरेको छ ।