नेपाल नेसनल अस्पतालले सञ्चालनमा ल्यायो फर्टिलिटि सेन्टर 



Download our app to get more features

काठमाडौं, १४ फागुन । कलंकिस्थित नेपाल नेशनल अस्पतालले फर्टिलिटि सेन्टरको स्थापना गरेको छ । अस्पतालले निसन्तानको समस्या भोगिरहेका दम्पतीहरुलाई गुणस्तरिय सेवा प्रवाह गर्नका लागि सेन्टर सञ्चालनमा ल्याएको अस्पतालले जनाएको हो । 

एक कार्यक्रमका विच सेन्टरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेष तिमल्सिनाले गरेका हुन् । साथै कार्यक्रयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजिन्द्र राज वाग्ले, डा. भोला रिलाज लगाएतको उपस्थिति रहेको थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमल्सिनाले अस्पताले बाँजोपनको क्षेत्रमा ठूलो भुमिका खेल्नुपर्ने बताए । उनले निसन्तानका कारण पुरुषले भन्दा वढि महिलाले समस्या भोग्नु गरेको भन्दै न्युन आय भएका व्यक्तिले पनि यो सेवा पाउनु पर्ने बताएका छन् । 

नेपाल २०५८ साल देखि सुरु भएको यो सेवाबाट हालसम्म धेरै दम्पतिले सन्तान पाएको डा भोला रिजालले बताए । विश्वमा यो सेवा सुरुवात भएको २५ वर्ष पछि नेपालमा ओम अस्पताल तथा रिसर्च सेन्टरबाटले यो सेवा सुरु भएको थियो । हाल प्राय सबै अस्पतालले दिन धालेका छन् । 

अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकास पौडेलले भने अस्पतलाले आफ्नो सेवा विस्तार गर्ने क्रममा रहेको बताए । उनले अस्पतालबाट हेमोडाइलासिस, बाथ रोग, टेलिमेडिसीन लगाएतका सेवा प्रवाह गरिरहेको पनि जानकारी दिए । 
 

Last modified on 2020-02-27 12:41:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts