कोरोना भाइरसविरुद्धको खोप विकास भएको दावी
ऐजेन्सी, १३ फागुन । चीनको टियांजिन विश्वविद्यालयले नोवल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप विकास गरेको दावी गरेको छ । विश्वविद्यालयका प्रोफेसर हुआ जिनहाइका अनुसार उक्त खोपको चार डोज उनी आफै प्रयोग गरेका छन् । उनी खोप विकास योजनाका नेतृत्वकर्ता पनि हुन् ।
खोप सेवनपछि कुनै पनि साइड इफेक्ट नदेखिएको उनले बताएका छन् । विश्वविद्यालयले खोपको व्यापक प्रयोग र प्रर्वद्धनका लागि सहयोग खोजीरहेको जनाएको ग्लोबल टाइम्समा प्रकासित समाचारमा उल्लेख छ । टोलीले क्याप्सुलका रुपमा केही नमुना चक्कीहरू तयार गरेको र उनीहरू भ्याक्सिन निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनमिलन हुने क्षमता, निर्माण तथा खण्डिकरण प्रणालीलाई प्रभाव पार्न सक्ने प्रविधिको विकास गर्न सफल भएका छन् । भ्याक्सिनलाई मुखबाट लिँदा त्यसले भाइसरलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाइ कोरोना संक्रमणबाट रोक्नुका साथै यसले संक्रमितको उपचारमा समेत सहयोग पुग्ने बताइएको छ ।