उत्तर कोरियामा विदेशीलाई क्वारेन्टाइनमा राखियो
एजेन्सी, ११ फागुन – कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्दै जाँदा उत्तर कोरियाले विदेशी कुटनीतिज्ञहरु तथा बाहिरबाट आएका आगन्तुकलाई क्वारेन्टाइनमा राखेको छ ।
दक्षिण कोरियामा कोरोना भाइरस संक्रमित संख्या ह्वातै बढेपश्चात् बाहिरबाट आएका मानिसले उक्त भाइरस संक्रमण गराउन सक्ने भन्दै उत्तर कोरियाले उच्च सतर्कता अपनाएको हो । यद्यपि कोरोना भाइरसको संक्रमण हालसम्म उत्तर कोरियामा भेटिएको छैन ।दक्षिण कोरियामा अहिलेसम्म ७६३ जना कोरोना भाइरस संक्रमित भएका छन् भने ७ जनाको उक्त भाइरसका कारण मृत्यु भएको पुष्टि भइसकेको छ । यो सँगै दक्षिण कोरिया चीन पछाडि सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मुलुक बनेको छ ।
Last modified on 2020-02-24 11:27:34