कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावित चीनबाट उद्दार गरिएका मानिसहरू चढेका सवारीसाधनमा आक्रमण



Download our app to get more features

युक्रेन, १० फल्गुन । युक्रेनको एउटा सहरमा प्रदर्शनकारीहरूले कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावित चीनबाट उद्दार गरिएका मानिसहरू चढेका सवारीसाधनमा आक्रमण गरेका छन् ।

ती मानिसहरूलाई नोभी सान्जारीस्थित एउटा अस्पतालमा १४ दिन क्वारन्टीनमा राख्न लगिँदै थियो ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रदर्शनकारीहरूलाई सहानुभूतिपूर्वक व्यवहार गर्न आग्रह गरेका छन् ।

युक्रेनको सुरक्षा निकायका अनुसार रक्षा मन्त्रालयलाई उद्धृत गरिएको एउटा इमेलमा उद्दार गरिएका केही मानिसमा कोभिड १९ अर्थात् कोरोनाभाइरसको सङ्क्रमण भएको मिथ्या दाबी गरिएको थियो ।


कसको भएको थियो उद्दार ?
चीनको वुहानबाट ४५ युक्रेनी र २७ विदेशी नागरिकलाई विमान चढाएर पूर्वी युक्रेनको हार्किभ क्षेत्रमा ल्याइएको थियो ।

उनीहरूलाई छवटा बसमा राखेर अस्पताल लग्दै गर्दा प्रदर्शनकारीहरूले बाटोमा आगो बालेर तथा ढुङ्गा हानेर विरोध गरेका थिए ।

स्वास्थ्यमन्त्रीले बसमा भएका कोही पनि बिरामी नभएको बताएका छन् ।

युक्रेनको कूटनीतिक नियोगका अनुसार तीन युक्रेनी र एक कजाकस्तानी नागरिकलाई ज्वरो आएको पाइएपछि चीनमै छोडिएको थियो ।

तनाव बढेपछि प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र आन्तरिक मामिलामन्त्रीले उक्त नगरको भ्रमण गरेका थिए ।

राष्ट्रपति जेलेन्स्कीले देशवासीलाई करुणा देखाउन र विरोधप्रदर्शन नगर्न आग्रह गरेका छन् ।

“अधिकांश यात्री ३० वर्षमुनिका छन्। हामी धेरैका लागि उनीहरू सानै छन् ।” उनले विज्ञप्तिमा भनेका छन् ।

“तर एउटा खतराबारे म उल्लेख गर्न चाहन्छ ु। हामी सबै मानव भएको र हामी सबै युक्रेनी भएको कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावित चीनबाट उद्धार गरिएका मानिसहरू चढेका सवारीसाधनमा आक्रमण बिर्सिने खतरा। महामारी फैलिएको बेला वुहान पुगेका समेत हामी सबै ।”

Last modified on 2020-02-22 10:13:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts