दुषित ग्यास फैलिँदा १४ जनाको मृत्यु
एजेन्सी,७ फागुन । हावामा दुषित ग्यास फैलिएपछि पाकिस्तानको कराचीमा १४ जनाको मृत्यु भएको छ।
पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार दुषित ग्यासकैं कारण सयौं मानिस बिरामी भएका हुन्। उक्त ग्यास कहाँबाट र कसरी फैलियो भन्नेबारे केही पत्ता लागेको छैन । यद्यपि यसबारे अनुसन्धान भइरहेको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
विगत तीन दिनदेखि फैलिएको दुषित ग्यासका कारण पाकिस्तानको कराँची सहर र त्यस आसपासका मानिसहरु प्रभावित भएका हुन् । उनीहरुमा आकस्मिक रुपमा श्वासप्रश्वासको समस्या देखिएको थियो।पाकिस्तानको सिन्ध प्रान्त स्वास्थ्य विभागले दुषित ग्यासका कारण श्वासप्रश्वासमा देखिएको समस्याबाट १४ जनाको मृत्यु भइसकेको बताएको छ । उक्त समस्याबाट करिब ६ सय मानिसहरु बिरामी भएका र केहीको अवस्था गम्भीर रहेको छ ।
Last modified on 2020-02-19 17:10:51