नागरिकलाई घर बाहिर ननिस्कन चीन सरकारको आग्रह
एजेन्सी ,५ फागुन । कोरोना भाइरस संक्रमणसँग संघर्ष गरिरहेको चीन सरकारले वुहानका नागरिकहरुलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ।
निजी कारको प्रयोगमा समेत अनिश्चित समयका लागि प्रतिबन्ध लगाइएको छ । चीनको हुबे तथा राजधानी वुहान कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु हो । चीनमा हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७०० नजिक पुगिसकेको छ । भने उक्त भाइरसका नयाँ संक्रमितको संख्या भने घट्दै गइरहेको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।घरबाट बाहिर नजानका लागि भनिएतापनि आपत्कालीन अवस्थामा भने उनीहरुलाई निस्कन दिइने बताइएको छ । दैनिक अत्यावश्यक पदार्थहरु ल्याउनका लागि प्रत्येक तीन–तीन दिनमा बाहिर निस्कन दिने व्यवस्था गरिएको छ ।
Last modified on 2020-02-17 11:43:28