हङ्कङमा चार दिनसम्म पानीजहाजमा फसेका मानिसहरू कोरोनाभाइरसको परीक्षणपछि बाहिरिए



Download our app to get more features

बीबीसी, २७ माघ । हङ्कङमा चार दिनसम्म एउटा पानीजहाजमा फसेका सयौँ मानिसहरूलाई कोरोनाभाइरसको परीक्षणपछि त्यहाँबाट बाहिर निस्किन अनुमति दिइएको छ ।

अघिल्लो यात्राका क्रममा केही कर्मचारीहरूमार्फत् भाइरस उक्त पानीजहाजमा फैलिएको हुन सक्ने आशङ्कामाझ वर्ल्ड ड्रीम क्रूजका झन्डै ३ हजार  ६ सय यात्रु र चालकदललाई निगरानीमा राखिएको थियो ।

जापानमा अर्को पानीजहाजमा कोरोनाभाइरसबाट दर्जनौँ मानिस सङ्क्रमित भएको पुष्टि भएपछि निगरानीमा राखिएको छ । चीनमा देखा परेको उक्त भाइरसको प्रकोपका कारण अहिलेसम्म ९ सय जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

सङ्ख्या बढ्दै
यो सङ्ख्या यसअघि फैलिएको श्वासप्रश्वास प्रणालीमै आक्रमण सार्सका कारण मृत्यु भएका मानिसहरूको भन्दा बढी हो ।

सन् २००३ मा सार्सका कारण दुई दर्जनभन्दा बढी देशमा गरी ७ सय ७४ जनाको ज्यान गएको थियो । क्षेत्रीय स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोनाभाइरसको प्रकोप सुरु भएको चीनको हुबे प्रान्तमा मात्रै कम्तीमा ७ सय ८० जनाको ज्यान गइसकेको छ ।

त्यस्तै सङ्क्रमित हुने व्यक्तिको ४० हजार नाघेको छ ।

प्रतिबन्ध कायमै
कोरोनाभाइरसको सङ्क्रमणको खतराका कारण चिनियाँ नयाँ वर्षदेखि नै बिदामा बसेका मानिसहरू बिस्तारै काममा फर्किने तयारी गर्दैछन् । यद्यपि ठूलो सङ्ख्यामा कम्पनी र व्यापारहरू बन्द नै रहनेछन् र धेरै मानिसले घरबाटै काम गर्ने ठानिएको छ ।

राजधानी बेइजिङलाई घेर्ने हुबे प्रान्तमा कम्तीमा मार्च १ तारिखसम्म विद्यालयहरू बन्द रहने सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

हुबे प्रान्तका धेरै ठाउँ अझै पनि बन्द नै छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts