कोरोना भाइरसको विषयमा सी ट्रम्प फोनवार्ता 



Download our app to get more features


एजेन्सी,२४ माघ । चीनमा हालसम्म करिब ६०० मानिसहरुको मृत्युको कारण बनेको नोबल कोरोना भाइरसको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सी जिङपिङ बीच शुक्रबार बिहान फोन वार्ता भएको छ।

 फोन वार्तामा राष्ट्रपति सीले भाइरस नियन्त्रणमा चीनले गरेको प्रयासको नतिजा  सकारात्मक आएको बताए । फोनवार्ताका क्रममा सीले महामारी नियन्त्रणमा अमेरिकाले चीनलाई गर्ने सहयोग चीनले सहर्ष स्वीकार गर्ने बताए । २८ हजार भन्दा बढी मानिसहरुमा देखा परेको कोरोना भाइरसका कारण उक्त रोगको उपचारमा संलग्न चिकित्सकको पनि  कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ । 

Last modified on 2020-02-07 13:38:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts